निजी क्षेत्रका तीन संस्थाले आर्थिक मुद्दामा कार्यगत एकता गर्ने

निजी क्षेत्रका प्रमुख तीन संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आर्थिक मुद्दामा कार्यगत एकता गर्ने भएका छन् । सम्पूर्ण निजी क्षेत्रको एउटै आवाज भए...

सम्बन्धित सामग्री

राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : अध्यक्ष गोल्छा

पुस १९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पूँजीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएका छन् ।  तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पूँजीगत खर्च मात्र बढन सकेपनि त्यसले केही सहयोग गर्ने उनको धारणा थियो ।  भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतवार आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको वेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए ।  निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै उनले यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको बताए ।  अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको वेला पुन : कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए ।  यतिवेला अन्तरराष्ट्रिय उडानहरु बन्द भएको, देशहरु पुन : लकडाउनतर्फ गइरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ भन्दै अध्यक्ष गोल्छाले भने, ‘अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमीक्रनको त्रासले सेटब्याक हुने खतरामा छ ।’ अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो सञ्जालको कार्यगत एकता,सहकार्य, अपनत्व आवश्यक रहेको उनले बताए ।   अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृतिनै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गरे ।  महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए ।  महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले  भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए । संघका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद मानन्धरले संघले महासंघसँग सदैव संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो ररिरहने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो नेतृत्वको भावी योजना सुनाउँदै अध्यक्ष मानन्धरले पर्यटन विकासमा वर्तमान कार्यकाल विशेष रुपमा केन्द्रित हुने बताए । स्थानीय निकायले जथाभावी उठाएका करहरु रोकिनुुपर्ने र चेम्बर कानून ल्याउनुु पर्नेमा जोड दिंदै उनले त्यसमा सहयोग गर्न आग्रह गरे ।

निजी क्षेत्रको संस्थागत सहकार्य र कार्यगत एकतामा जोड

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन् ।निजी क्षेत्र एकढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने भएकाले संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई अगाडि बढाउनुपर्नेमा दुवै […]

निजी क्षेत्रलाई बलियो बनाउन महासंघ र चेम्बरको कार्यगत एकता

निजी क्षेत्र एक भएर अगाडि बढ्न कार्यगत एकता गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका

कार्यगत एकताका लागि जुट्दै निजी क्षेत्र

नेपालका निजी क्षेत्रका छाता सङ्गठनहरूले विभिन्न विषयमा कार्यगत एकता गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका नेतृत्वले मुलुकलाई समृद्धितर्फ लैजान छुट्टै दृष्टिकोणसहितको कार्यगत एकताको थालनी भएको बताएका छन् ।