नेपालका निजी क्षेत्रका छाता सङ्गठनहरूले विभिन्न विषयमा कार्यगत एकता गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका नेतृत्वले मुलुकलाई समृद्धितर्फ लैजान छुट्टै दृष्टिकोणसहितको कार्यगत एकताको थालनी भएको बताएका छन् ।