ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेको छ । शुक्रबार टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले प्रेस विज्ञप्ति जारी गर्दै प्राप्त प्रमाणलाई उचित संयोजन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताएकी हुन् ।