प्रदेश न ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्ने बताउनुभएको छ । बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि सङ्कायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएससी एजीको कक्षा उद्घाटन समारोहमा उहाँले भेरी–बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजना केही समयमै सम्पन्न हुन गएकाले सिँचाइको उपयोगबाट बाँके र बर्दियावासीले अब आधुनिक कृषि क्रान्तिको नेतृत्व लिनसक्नुपर्ने बताउनुभयो ।