कालिमाटी वृत्तबाट हत्कडीसहित भागेका आरोपी ७ महिनापछि पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट हत्कडीसहित भागेका आरोपीलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले भारतको बिहार घर भएका १७ वर्षीय अन्निकुमार शाह उर्फ सुजितलाई बुधवार पक्राउ गरेको हो ।  अन्निकुमारलाई कालिमाटीस्थित परोपकार नजिकबाट पक्राउ गरिएको महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले रातोपाटीलाई जानकारी दिए ।०७७ असोजमा २ मा चोरी आरोपमा पक्राउ गरिएका चार जना आरोपी कालिमाटी वृत्तबाट प्रहरीको घेरा तोडेर भागेका थिए । अन्निकुमार शाह कालिमाटी

सम्बन्धित सामग्री

स्याङ्जा प्रहरीको हिरासतबाट भागेका बलात्कार आरोपी फेरि पक्राउ

स्याङ्जा । स्याङ्जास्थित वडा प्रहरी कार्यालय वालिङबाट प्रहरीको घेरा तोडेर भागेका थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ । पुस १८ मा म्याद थप गरेर वडा प्रहरी  कार्यालय वालिङको हिरासतमा राख्ने क्रममा वालिङ नगरपालिका–७ बस्ने २३

धनुषामा हत्या गरेर भागेका आरोपी कतारबाट पक्राउ

धनुषामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ । धनुषा घर भएका राजिवकुमार मण्डललाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए ।मण्डलसहित २ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएका धनुषाका एकजनाको काठमाडौंमा मृत्यु भएको थियो । कुटपिटको क्रममा उनीहरुले धारिलो हतियार प्रयोग गरेको प्रहरीको भनाइ छ । हत्यापछि फरार भएका मण्डलविरुद्ध प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको थियो । सो नोटिशको आ

हिरासतबाट भागेका बलात्कार मुद्दाका आरोपी पक्राउ

बर्दिया स्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँ साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए ।थुनुवालाई खाना खुवाउने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर उनि फरार भएका थिए । आरोपीमाथी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रेमिका खोसेको निहुँमा खुकुरी प्रहार गरेर भागेका युवक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै खुकुरी प्रहार गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत १० मा  खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भएका २५ वर्षीय सुरज खड्का घाइते भएका थिए । सुरजलाई खुकुरी प्रहार गर्ने मुख्य योजनाकार दोलखाको बैत्यश्वर घर भएका ३० वर्षीय विकास तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए । आरोपी विकास तामाङ जेठ १८ मा बौद्धबाट पक्राउ परेका हुन् ।सो घटनामा

न्युयोर्कको सबवे स्टेसनका आक्रमणकारी २९ घण्टापछि पक्राउ

काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेसनमा आक्रमण गरी भागेका व्यक्ति २९ घण्टापछि पक्राउ परेका छन् । द न्युयोर्क टाइम्सका अनुसार प्रहरीको व्यापक खोजीपछि आक्रमणका एक मात्र आरोपी ६२ वर्षीय फ्रान्क आर जेम्स पक्राउ परेका हुन् । उनी आक्रमण भएको स्थानबाट पाँच माइल टाढा रहेको सूचना सुरक्षाकर्मीले पाएका थिए। उनका बारे सूचना दिनेलाई विभिन्न […]

चितवनमा गैँडा मारेर भागेका आरोपी काठमाडौंबाट पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग निकालेर भागेका आरोपीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजालाई वनस्थलीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।२०७८ असारमा प्रजाले गैँडा मारेर खाग निकालेको चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले गरेको अनुसन्धानबाट थाहा भएको छ । फागुन १७ मा पक्राउ गरेर प्रहरीले उनलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको छ । आरोपी काठमाडौै–

पोखरामा १५ वर्षअघि हत्या गरेर भागेका आरोपी बहराइनमा पक्राउ

पोखरामा १५ वर्षअघि भएको हत्यामा संलग्न एकजना आरोपीलाई बहराइनमा पक्राउ गरिएको छ । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइन प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।२०६३ वैशाख २९ मा पोखराको सात मुहानेमा भएको रोजन राईको हत्यामा उनी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि उनी बैदेशिक रोजगारीका लागि बहराइन गएका थिए । मंसिर २७ मा  प्रहरीले गुरुङविरुद्ध रेड नोटिश जारी गरेको थियो ।रोज

छापाखाना संचालकको हत्या गरेर भागेका आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौंको पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका संचालकको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएका छापाखानाका संचालक खिम बहादुर सिवाकोटीको हत्यामा संलग्न शनि नरसिंह राणालाई १७ वर्षपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले रातोपाटीलाई बताए ।प्युठानको मल्लरानी गाउँपालिका–४ घर भएका राणा लामो समय भारतमा र त्यसपछि नेपाल फर्केर लुकेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई असो

क्युबा भाग्न लागेका बैंक ठगीका आरोपी चोकसी डोमिनिकामा पक्राउ

एजेन्सी। भारतको पन्जाब नेसनल बैंक घोटालाका आरोपी मेहुल चोकसी डोमिनिकामा पक्राउ परेका छन्। १३,५०० करोड घोटालाका आरोपी नामूद हीरा व्यापारी उनी डोमिनिकाबाट क्युबा भाग्ने योजनामा रहेको प्रहरीले बताएको छ।२०१८ मा भारतबाट भागेका उनलाई कागजात समुद्रमा नष्ट गर्न लागेका बेला पक्राउ गरिएको हो। इन्टरपोलले उनको पक्राउका लागि ‘येलोनोटिस’ जारी गरेको थियो। उनलाई पक्राउ गरेर भारत सुपुर्दगी गर्ने तयारीसमेत भइरहेको थियो।

शौचालय जाने बहानामा पर्खाल नाघेर भागेका थुनुवा फेरि पक्राउ

महोत्तरी – जिल्ला अदालत जलेश्वरबाट भागेका एक थुनुवालाई प्रहरीले फेरि पक्राउ गरेकाे छ । म्याद थपका लागि जिल्ला अदालतमा लगिएकोमा अदालत परिसरबाट भागेका लागुऔषधका आरोपी गौशाला नगरपालिका ४ का २५ वर्षीय कमलेश साहलाई प्रहरीले फेरि पक्राउ गरेकाे हो । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार साहलाई महोत्तरीको प्रकौली भन्ने ठाउँबाट पक्राउ गरिएको हो । अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालतमा लगिएकोमा साहले शाैचालय जाने बहानामा शौचालयको पर्खाल नाघेर भागेकाे प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णु प्रदीय बस्यालले बताउ...