शौचालय जाने बहानामा पर्खाल नाघेर भागेका थुनुवा फेरि पक्राउ

महोत्तरी – जिल्ला अदालत जलेश्वरबाट भागेका एक थुनुवालाई प्रहरीले फेरि पक्राउ गरेकाे छ । म्याद थपका लागि जिल्ला अदालतमा लगिएकोमा अदालत परिसरबाट भागेका लागुऔषधका आरोपी गौशाला नगरपालिका ४ का २५ वर्षीय कमलेश साहलाई प्रहरीले फेरि पक्राउ गरेकाे हो । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार साहलाई महोत्तरीको प्रकौली भन्ने ठाउँबाट पक्राउ गरिएको हो । अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालतमा लगिएकोमा साहले शाैचालय जाने बहानामा शौचालयको पर्खाल नाघेर भागेकाे प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णु प्रदीय बस्यालले बताउ...