जिल्लामा कोरोना सङ्क्रमणबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा ६ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् ।