नेपालका सामुदायिक विद्यालयहरु मध्येको रत्नराज्य माध्यमिक विद्यालयले यस वर्ष पनि एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । रत्नराज्य माध्यमिक विद्यालयले सामुदायिक विद्यालय पनि अब्बल हुन्छन् भन्ने साबित गरेको हो ।हाल शिशु कक्षादेखि कक्षा १२ सम्मको अध्यापन गरिँदै आएको रत्नराज्यमा विद्यार्थीको चाहना बमोजिम नेपाली र अंग्रेजी दुवै भाषा माध्यममा पठन पाठन गराइन्छ । विद्यार्थीको चाहनालाई पूरा गर्न सकेमा विद्यार्थीले राम्रो नतिजा ल्याउने प्रधानाध्यापक रामाशिष यादवले बताए । विद्यालयले विद्यार