मुख्यमन्त्री शाक्य अल्पमतमा, पाण्डे संसदीय दलको नेता

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले नेतृ शाक्य नेतृत्वको सरकार अल्पमत परेको हो । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार प्रदेश सभा सचिवलाई शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएसँगै शाक्य नेतृत्वको एमालेको सरकार औपचारिक रुपमा अल्पमतमा परेको छ ।