अन्तत: संसदबाट पारित भयो एमसीसी

प्रतिनिधिसभाको बैठकले बहुमतका साथ एमसीसी प्रस्ताव पारित गरेको छ। आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।ध्वनी मतको आधारमा एमसीसी प्रस्ताव पारित भएको हो । एमालेले बैठक अवरोध गरेर प्रक्रियामा भाग लिएको थिएँन । बैठकले एमसीसीसँग सम्बन्धित व्याख्यात्मक घोषणा सहित एमसीसी प्रस्ताव पारित गरेको हो । आज दिउँसो बसेको पहिलो बैठकमा सम्झौतामाथि सामान्य छलफल भएको थियो । संसद भवन मै बसेको मन्त्रिपरिषद्को बैठकले एमसीसी संगै पेश हुने व्याख्यात्मक घोषणा पारित गरेको थियो। मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि त्यसलाई एमसीसीको मुख्य सम्झौता सहित प्रतिनिधिसभाको बैठकले पारित गरेको हो। प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते दिउँसो १ बजे बस्ने छ ।के छ व्याख्यात्मक घोषणामा ? एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण नेपाल संयुक्तराज्य अमेरिकाको इण्डो प्यासेफिक स्ट्राटेजीलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धमा बाँधिएको मानिने छैन भन्ने घोषणा गरेका छन् ।सत्तारुढ दलले विभिन्न ११ बुँदामा विवादित भनिएका विषयका सम्बन्धमा स्पष्ट पार्ने प्रयास गरेका छन् । लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने तथा नेपालको संविधानभन्दा माथि कुनै पनि सम्झौता नरहने र विद्यमान नेपालको कानूनअनुसार नै निर्देशित हुने घोषणा गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलहरुबीच भएको बैठकमा एमसिसीका सन्दर्भमा उठेका प्रश्नको उत्तर व्याख्यात्मक घोषणामार्फत सार्वजनिक गरेका हुन् ।त्यस्तै, सम्झौताको दफा २.७, दफा ५.२ (ख) ३, दफा ५.२ ख ४ का सम्बन्धमा सम्झौताको उक्त दफाको उद्देश्य अनुदानको उपयोग सन्दर्भमा मात्र हुन्छ भन्ने बुझाई नेपालको रहेको छ र अन्य प्रावधानले एमसिसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविष्यमा निर्माण हुने अमेरिकी कानून वा नीतिहरुको पालना गर्न नेपाल बाध्य छैन भन्ने घोषणा गर्दछ ।सत्तारुढ दलले कम्प्याक्टको दफा ३.२ (ख) का सम्बन्धमा मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले सञ्चालन गर्ने क्रियाकलाप नेपालको कानुनद्वारा निर्देशित र कम्प्याक्टअनुसार नियमित हुनेछ भन्ने स्पष्ट पारिएको छ ।बौद्धिक सम्पत्तिको हकमा एमसिसीको स्वामित्व रहने छैन र कम्प्याक्ट कार्यक्रमअन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिउपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपभोग नेपालले गर्नेछ भन्नेमा सत्तारुढ दल सहमत भएका छन् ।यस्तै, कम्प्याक्टको दफा ३.५ का सम्बन्धमा कार्यान्वयन पत्रहरु कम्प्याक्टको दायराभित्र लागू गरिने भएको छ । एमसिए नेपालको सबै गतिविधि तथा कोषको लेखापरीक्षण प्रचलित नेपाल कानूनबमोजिम महालेखा परीक्षकबाट पनि गरिने भएको छ ।त्यस्तै, सम्झौताअन्तर्गतका गतिविधि, कार्यक्रमले नेपालको कानून वा नीतिको उल्लङ्घन गरेमा नेपालले ३० दिनभित्र लिखित सूचना दिएर कम्प्याक्ट वा एमसिसी अनुदान रकम खारेज गर्ने अधिकार नेपालसँग रहेको घोषणा गर्दछ ।सम्झौताको समाप्ति, निलम्वन वा अन्त्यपश्चात् पनि लागू हुने भनिएका प्रावधान बाँकी रहेको एमसिसी अनुदान रकमको उपयोगलगायत कम्प्याक्टअन्तर्गतका परियोजनाको मूल्याङ्कन, लेखापरीक्षक र करको फरफारकको हदसम्म प्रासङ्गिक हुने घोषणा नेपाल गर्दछ ।कम्प्याक्टको दफा ७.१ का सम्बन्धमा नेपालको संविधान कम्प्याक्टभन्दा माथि रहनेछ भन्ने घोषणा गर्दछ । साथै कम्प्याक्ट र कम्प्याक्टअन्तर्गतका कार्यक्रम परियोजनाको कार्यान्वयन नेपालको कानून र कम्प्याक्टबमोजिम गरिनेछ ।विद्युत् प्रसारण आयोजनालगायतका सबै चल तथा अचल सम्पत्ति, आयोजनासँग सम्बन्धित जग्गा नेपाल सरकार वा नेपाल सरकारका निकायको स्वामित्वमा रहने घोषणा गर्दछ । यस्तै, एमसिसीबाट प्राप्त पत्रका सम्बन्धमा उक्त पत्रमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको जवाफ कम्प्याक्टको व्याख्या तथा कार्यान्वयनमा मद्दत गर्ने बुझाइ नेपालको रहेको छ ।

सम्बन्धित सामग्री

एमसीसी पारित गर्ने गठबन्धन कसरत

काठमाडौं । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसीसी पारित गर्न तत्पर भएका छन्। सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा, […]

एमसीसी परिमार्जनसहित पारित हुन्छ : रामनारायण बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरि र एमसीसी परिमार्जनसहित पारित गर्नेगरि सहमति हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले एमसीसी परिमार्जनसहित मात्रै संसदबाट अनुमोदन हुने दाबी गरेका छन् । उनले भने,एमसीसी संशोधनसहित पारित गर्नुपर्छ । यो बीचमा भएका पत्राचार हामीले हेर्न पाएका छैनौं । ८ देखि १० पत्र टेबुल हुनुपर्‍यो । भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन । यस

एमसीसी यसकारण संसदबाट पारित नहुने

काठमाडौं, ९ फागुन । अब कुनै चमत्कार भएमात्र अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभाबाट पारित हुनेछ । एमसीसी पारित गर्न पक्षमा रहेको नेपाली काँग्रेसभित्रै आशंकाहरु देखिन थालेको छ । अर्कोतर्फ, एमसीसीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा ठूलै त्याग गर्न तयार छैनन् । देउवाले एमसीसी अनुमोदन गराउन या त सत्ता गठबन्धनको पूर्ण साथ पाउनुपर्छ या नेकपा एमालेको । […]

एमसीसी अब पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पारित हुने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल गरिएपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री देउवाले सम्झौंता अब पारित हुने बताउनुभएको हो । सत्ताघटकका नेताहरुले नै विरोध गरिरहेका बेला संसद बैठकबाट बाहिरिँदै सञ्चारकर्मीहरुलाई उहाँले ‘एमसीसी अब पास हुन्छ,’ भन्नुभएको हो । यसअघि बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]

एमसीसी संसद्बाट पारित हुन्छ : निधि

जनकपुरधाम– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमसीसी संसद्बाट पारित हुने बताएका छन् । जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’एमसीसी पारित नभए देशको विश्वनियता नै […]

‘छापामार शैली’ मा एमसीसी पारित गर्ने तयारी

काठमाडौं, ३ फागुन । अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ । सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो । विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन् । प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो । प्रचण्ड […]

‘एमसीसी पारित नगर्ने’ माओवादीको लाइन स्पष्ट

काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने स्पष्ट लाइन लिएको छ । आठौं महाधिवेशनबाट पारित ४५ बुँदे प्रस्तावमा एमसीसी पारित नगर्ने स्पष्ट लाइन सार्वजनिक गरेको हो । माओवादीले एमसीसी सम्झौताका कतिपय प्रावधानहरु नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएको तर्क गरेको छ । बुँदा नम्बर ५ मा […]

एमसीसी पारित गर्न देउवा अघि बढे, प्रचण्डले साथ नदिए गठबन्धन तोडिने

काठमाडौं, ६ पौष । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिएका छन् । उनले एमसीसी पारित गर्ने दृढता निकटस्थहरुसँग गरेको बुझिएको छ । आजै जनकपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पारित हुने ठोकुवा गरिसकेका छन् । उनले एमसीसी अगाडि बढ्ने भन्दै भ्रमहरु रहेको बताए । एमसीसी गठबन्धन सरकारकै पहलमा पारित […]

एमसीसी पारित होला ?

काठमाडौं, १४ कात्तिक । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने या नहुनेमा अझै अन्यौल छ । ५० करोड डलरको विकाससम्बन्धी सहयोग प्रतिनिधि सभाबाट पारित हुनुपर्नेमा हुन सकेको छैन । एमसीसीबारे चर्को बहस चलेपनि गएको अधिवेशनमा यो निर्णयार्थ संसदमा प्रस्तुत भएन । त्यसलगत्तै एमसीसीको कार्यालयले चासो देखाएको छ । १२ कात्तिकमा वासिङ्टन डीसीस्थित मुख्यालयले […]

एमसीसी पारित भए चीनसँग सम्बन्ध बिग्रन्छ : जनमोर्चा

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गरिए आफ्नो पार्टीले आन्दोलन गर्ने जनाएको छ । एमसीसी पारित भएमा चीनसँगको सम्बन्ध बिग्रने जनमोर्चाको दाबी छ ।‘एमसीसी देशको हितमा छैन, यो पारित भएमा प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवि धुमिल हुन्छ र नेपाल चीन सम्बन्ध पनि बिग्रन्छ’ जनमोर्चाका सचिव हिमलाल पुरीले शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा भने, ‘ठूला दलले एमसीसी पारित गरेमा हामी आन्दोलनमा उत्रन्छ