मनसुन थप सक्रिय, अबको एक हप्ता धेरै ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - मनसुन थप सक्रिय हुन थालेसँगै देशका पूर्वी क्षेत्रमा पानी पर्न थालेको छ । अहिले प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । गएको २४ घण्टामा सुदूरपश्चिमका धेरै ठाउँमा ठूलो वर्षा भएको छ । बादल बिस्तारै बढिरहेकाले देशका प्रायः सबैजसो क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अबको एक हप्ता नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको छ । यसले गर्दा बाढी पहरोको जोखिम भएकाले सतर्कता अपनाउन मौसमव...

सम्बन्धित सामग्री

मनसुनी गतिविधि कम, तत्काल ठूलो पानी नपर्ने

काठमाण्डौ – मनसुनी गतिविधि कम भएसँगै पानी पर्ने क्रम घटेको छ ।  अघिल्लो हप्ता लगातारजसो पानी परे पनि अहिले लगातार पानी परेको छैन । देशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अन्य क्षेत्रका एक दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल छ । यसले गर्दा तत्काल ठूलो पा...

लमजुङमा ६५ प्रतिशत मात्रै रोपाई

लमजुङ– साउनको पहिलो हप्ता बित्नै लाग्दा लमजुङ जिल्लामा करिब ६५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो। रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रदा रोपाई ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरु पानी पर्ने र […]

आकाश गर्जेपछि तर्सिन्छन् चुरेका पहिरो पीडित

रुपन्देही- बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिए। श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उनी रातभर निदाउन सक्दैनन्। पानी पर्ने बित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जान्छन्। गत वर्ष चार कोठा पहिरोले पुरिएको उनको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरोको लेदो पसेको थियो । […]

मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात (फोटो फिचर)

काठमाडौं :  हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ। मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा हिउँ परेको हो ।मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ। मुक्तिनाथ दर्शनकालागि आएका पर्यटकहरु हिउँ परेकोदेखेर उत्साहीत भएको सञ्चालक सुवेदीले बताए। यस वर्ष गत हप्ता पानी पर्ने क्रममा सामान्य हिमपात भए पनि आइतबार अलिक बाक्लो हिउँ परेको सुवेदीको भनाइ छ।मुस्ताङका प्रमुख ज

एक हप्ता मनसुन कमजोर हुने, गर्मी बढ्ने

काठमाण्डाै - अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ । देशका अरु ठाउँको मौसम भने सामान्य बद्ली भएर कतैकतै हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो । केही दिन लग...

देशैभरि फैलियो मनसुनी प्रणाली

काठमाण्डाै - मनसुनी प्रणाली देशैभरि फैलिएको छ । गएको शुक्रवार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही हप्ता मनसुन थप सक्रिय भइ धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशका सबैजसो ठाउँमा बादल लागेको छ। केही ठाउँमा पानी पनि परिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । आज दिउँसो पनि देशका सबैजसो ठाउँमा बादल लाग्ने सम्भावना रहेको छ । प्रदेश-१, प्रदेश-...

अझै तीन दिन मौसम बद्ली, तत्काल पानी पर्ने सम्भावना छैन

काठमाण्डाै - देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकेको छैन । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । तर पानी पार्ने उल्लेख्य मौसमी प्रणाली नरहेकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको मौसमविद्...