अझै तीन दिन मौसम बद्ली, तत्काल पानी पर्ने सम्भावना छैन

काठमाण्डाै - देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकेको छैन । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । तर पानी पार्ने उल्लेख्य मौसमी प्रणाली नरहेकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको मौसमविद्...