वकिलहरुलाई जिल्याउँदै आज पनि सहायक गेटबाट सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश राणा (तस्बिरहरु)

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सोमबार पनि सहायक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। मुल गेटमा राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शनसहित अवरोध गर्दै आएका छन्। प्रधानन्यायाधीश राणा भने महान्यायाधिवक्ताको कार्यालयतर्फको अतिरिक्त गेट हुँदै सर्वोच्च प्रवेश गरेका हुन्। वकिलहरुले भने सोमबार पनि सर्वोच्च परिसरमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।

सम्बन्धित सामग्री

आजपनि वैकल्पिक गेटबाट अदालत प्रवेश गरे प्रधानन्यायाधीश राणा

काठमाडौं, कार्तिक २८ । सर्वाेच्च अदालतको दुबै ढोकामा धर्ना बसेका वकिलहरुको अवरोध छलेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।शुक्रबार सर्वोच्च छिर्ने मुख्य गेट छेकेर धर्ना बसेका वकिलहरुलाई छल्दै प्रधानन्यायाधी जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । आज प्रधानन्यायाधीशलाई अदालत […]

सर्वोच्चमा संकट चुलिँदै : पेशी तोकिए पनि बेञ्च बस्न सकेन

आज पनि सर्वोच्च प्रशासनले २७८ वटा पेशी तोकेको छ । तर सुनुवाई भने हुन सकेको छैन । उता, प्रधानन्यायाधीश राणा विरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले आज पनि राणासंग छलफल गर्ने भएका छन् ।

संविधानले दिएको जिम्मेवारी पूरा गरेर मात्र बाहिरिन्छु - प्रधानन्यायाधीश राणा

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानुनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताउनुभएको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरूको बीचमा आज मङ्गलवार भएको भेटमा उहाँले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउनुभएको हो ।प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको छलफलपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेको कुरालाई उद्धृत गर्दै भन्नुभयो, ‘संविधान र कानुन बमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संव...

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश राणा सहमत, सोमवार 'फुल कोर्ट' बैठक

काठमाण्डाै – सर्वोच्च अदालतको दैनिक पेसी गोलाप्रथाका आधारमा तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत हुनुभएको छ ।  सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आज आइतवार भएको छलफलमा जबराले भाेलि सोमवार अदालतको 'फुल कोर्ट' बैठक बोलाउने सहमति जनाउनुभएको हो । भाेलि 'फुल कोर्ट' को बैठक बसेपछि पर्सि मङ्गलवारदेखि नमुना गोलाप्रथा सुरु गर्ने सहमति जुटेको भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।  नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि...

बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु

काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर […] The post बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मेरो र न्यायालयकै बदनाम गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानन्यायाधीश राणा

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकामाथि चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ । प्रधानन्यायाधीशले नै आफ्ना मान्छे मन्त्री बनाउन भाग खोजेको भन्ने समाचार बाहिरिएपछि प्रधानन्यायाधीश राणाले यस्ताे बताउनुभएकाे हाे ।  आज साेमवार यही विषयमा ध्यानाकर्षण गराउन राणालाई भेट्न पुगेका सर्वोच्च अदालत बार एसोसिएशनका पदाधिकारीसँगको छलफलमा उहाँले सर्वोच्चले संविधानअनुसार निष्पक्ष फैसला गर्दा चौतर्फी आक्रमण भइरहेको र त्यसैको सिलसिलामा मन्त्री नियुक्तिमा आफ्नो नाम जोडिएको बताउनुभएको हो । पछिल्लो समय ...

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश खतिवडाले सम्झाए समसीयमा

काठमाडौं। प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाले बहसका लागि समयसीमाबारे आज पनि सम्झाएका छन्। इजलास सुरु भएलगत्तै उनीहरुले जेठ २६ गतेको आदेश बमोजिम १५ घण्टाको बहसको समयबारे स्मरण गराएका हुन्। रिट निवेदकका तर्फबाट बहस गर्न १२ घण्टा समय छुट्याइएकाले दिनको ४ घन्टाका हिसाबले आजसहित अरु २ दिन रिट निवेदक तर्फका कानून व्यवसायीहरुले बहस गर्ने देखिन्छ।

प्रधानन्यायाधीश राणा बिरामी भएपछि आज संवैधानिक इजलास नबस्ने

प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा के समस्या भएको हो भन्नेचाहिँ खुलिसकेको छैन।

न्यायाधीश रोज्ने कानून व्यवसायीको अधिकार होइन : प्रधानन्यायाधीश राणा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनका सुनुवाइमा कुन न्यायाधीश राख्ने भन्ने कानून व्यवसायीको अधिकार नभएको बताएका छन् । सो विवादमा ११ न्यायाधीशले हेर्न नमिल्ने जनाउँदै कानू्न व्यवसायीले दिएको निवेदन फिर्ता लिन उनले आग्रह गरे । प्रधानन्यायाधीश राणाले आज निवेदन पेस गर्ने अधिवक्तालाई निवेदन फिर्ता नलिए अदालतको अवहेलनामा कारवाही गरिने चेतावनीसमेत दिए । […]