भिजिबिलिटी नपुग्दा नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द

नेपालगञ्ज । बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए ।   जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि कुनै हवाई उडान नभएको विमानस्थलले जनाएको छ । “अहिलेसम्म कुनै उडान भएको छैन र हुने सम्भावना पनि देखिँदैन”, प्रमुख खनालले भने ।  कर्णाली प्रदेशको जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा सबै...

सम्बन्धित सामग्री

बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल बन्द

बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडाैँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् ।

बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल बन्द, बुधबार कुनै उडान भएन

बाक्लो हुस्सु र कुहिरोले भिजिविलिटी नपुग्दा बुधवार दिउँसोसम्म नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरु र संघीय राजधानी काठमाण्डौका लागि हुँदै आएका दिउँसोसम्मका सबै उडान रद्द गरिएका छन् । जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लाहरु लगायत राजधानीका लागि कुनै पनि उडान नभएको विमानस्थलले जनाएको छ । कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझांगका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा सबै उडान रद्द गरिएको विमानस्थल टावरका उपप्रबन्धक बालकुमार सिंहले बताउनुभयो ।