बाक्लो हुस्सु र कुहिरोले भिजिविलिटी नपुग्दा बुधवार दिउँसोसम्म नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरु र संघीय राजधानी काठमाण्डौका लागि हुँदै आएका दिउँसोसम्मका सबै उडान रद्द गरिएका छन् ।
जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लाहरु लगायत राजधानीका लागि कुनै पनि उडान नभएको विमानस्थलले जनाएको छ ।
कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझांगका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा सबै उडान रद्द गरिएको विमानस्थल टावरका उपप्रबन्धक बालकुमार सिंहले बताउनुभयो ।