मोहना नदीले धार परिवर्तन गरेपछि ...

कैलालीको धनगढी स्थित मोहना नदीले पानीको सतह बढेसँगै धार परिवर्तन गरेको छ । गोदावरी –९ मा नदीले धार परिवर्तन गर्दा खेतीयोग्य जमिनमा क्षति पुगेको छ । यसअघि बाढी पूर्वानुमान महाशाखाले नदीमा पानीको सतहले खतराको तह पार गरेको भन्दै तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरेको थियो । बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ । 

सम्बन्धित सामग्री

मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि स्थानीय चिन्तित

टीकापुर । कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका बासिन्दाहरु मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि चिन्तित छन् । गाउँमै बाढी पस्ने जोखिमले उनीहरूलाई झरी परेको रात निद्रा लाग्दैन । मोहना पारि भारतसँग सीमा जोडिएको शिवरत्नपुरमा ९५ बढी घरधुरी छन् । मोहना नदी कटानले यसपालि बस्तीको केही भाग डुबानमा परेपछि शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । […] The post मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि स्थानीय चिन्तित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मोहना नदीले धान खेतीमा क्षति

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–९ श्रीलंका बस्तीका खडक विकले १० कट्ठामा धान रोपाई गरेका थिए । धान खेतीबाटै जिविकोपार्जन गर्दै आएका उनको खेतबारीमा भने शनिबार मोहना नदी पस्दा डुबान भएको छ ।सडक किनाराबाट डुबान भएको खेतबारी देखाउँदै उनले भने –‘कहिले डुबान नहुने खेतबारी मोहना नदीले धार परिवर्तन गर्दा क्षति पुर्याएको छ ।’ उनले मोहना नदीले गत वर्ष असोज कार्तिकमा परेको बेमौसमी वर्षापछि धार परिवर्तन गरेको बताए ।नदीले विकको मात्र नभई दर्जन बढी व्यक्तिको खेतीयोग्य जमिन डु