अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी

काठमाडौं : अमेरिकाको फ्लोरिडास्थित दक्षिण–पश्चिम तटीय क्षेत्रमा शक्तिशाली आँधी आएको छ। आँधीका कारण भारी वर्षा र तीव्र हावा चलेको छ। यो आँधी दशकौँ यताको ठूलो र खतरनाक रहेको अधिकारीहरुले बताएका छन्। खतराको दृष्टिकोणले पाँचौ श्रेणीमा राखिएको आँधीसँगै प्रतिघण्टा २ सय ५० किलोमिटरको गतिमा हावा चलेको छ। आँधीबाट लाखौँ मानिस विस्थापित भएका छन्। बीबीसीका अनुसार १८ लाखभन्दा बढी मानिसको घरमा बिजुली आपूर्ति बन्द भएको छ। फ्लोरिडाका गर्भनर रोन डिसेनटिसले निकै खतरनाक समय आएको भन्दै प्र

सम्बन्धित सामग्री

फ्लोरिडामा शक्तिशाली  आँधी, जनजीवन कष्टकर

अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण जनजीवन कष्टकर बनेको छ । आँधीका कारण अमेरिकाको दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ । आँधी र बाढीले विद्युत्, सञ्चार, खानेपानी, यातायातलगायत आधारभूत सेवाहरू...

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर

काठमाडौँ – अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण जनजीवन कष्टकर बनेको छ । आँधीका कारण अमेरिकाको दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधी र बाढीले विद्युत, सञ्चार, खानेपानी, यातायात लगायतका आधारभूत सेवाहरु अवरुद्ध भएकाले जनजीवन प्रभावित भएको हो । यसबाट २५ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ […]

दशकौँपछि अमेरिकामा खतरनाक आँधी

अमेरिकाको फ्लोरिडाको दक्षिण–पश्चिम तटमा शक्तिशाली आँधी इयान ठोक्किँदा भारी वर्षा र बाढीको अवस्था छ, साथै तीब्र हावा पनि चलिरहेको छ । दशकौंपछि पहिलो पटक अमेरिकामा यस्तो खतरनाक आँधी आएको हो ।बुधबार आएको यो आँधीलाई तीव्रताका आधारमा पाँचौं श्रेणीमा राखिएको छ र प्रति घण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेका छन् । आँधीको बाटोमा पर्ने घर खाली गर्न आदेश दिइएको छ । लाखौँ मानिसलाई बिस्थापित गरिसकिएको छ । इलाकामा बिजुलीको आपूर्ति ठप्प छ । लगभग १८ लाख मानिस अँध्यारोमा बस्न बाध्य छन् ।फ्लोरिडाका ग

शक्तिशाली आँधी इएन: फ्लोरिडाको जनजीवन गम्भीर रूपमा प्रभावित

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधीका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ । अमेरिकाको इतिहासमा इएन आँधी शक्तिशाली मध्येको एक हो । फ्लोरिडाको तटीय क्षेत्रका बासिन्दाले आफू, आफन्त तथा प्रियजनको उद्धारका लागि आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकसहितमा पोस्ट गरेको समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ । आँधीका कारण आएको बाढीले ढुबानमा परेको घरका बासिन्दाले उद्धारका लागि […]

बेलायतमा तीन दशकयताकै खराब आँधी : लाखौ नागरिकलाई घरभित्रै बस्न भनियो

६ फागुन, काठाडौं । बेलायतमा तीन दशकयताकै खराब ठानिएको युनिस आँधी आएपछि लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको छ । बेलायतमा युनिस नामक शक्तिशाली आँधी प्रवेश गरेपछि लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको हो । बेलायतको मौसम विभागले लण्डन, इङल्याण्ड र वेल्सका केही स्थानमा रेड अलर्ट जारी गरेको छ । तीव्र गतिको आँधीले घरको छाना उडाउन सक्ने […]

बेलायतमा युनिस आँधी : लाखौं नागरिकलाई घर भित्रै बस्न सरकारको अपिल

बेलायतमा लाखौं मानिसलाई घर भित्रै बस्न सरकारले अपिल गरेको छ। दशकौंपछिकै शक्तिशाली आँधी बेलायतमा प्रवेश गरेसँगै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको हो। बीबीसीले युनिस आँधी तीन दशककै सबैभन्दा खतरनाक आँधी हुन सक्ने बताएको छ। बेलायतको ‘मेट अफिस’ले युनिस आँधीले लन्डन र पूर्वी इंग्ल्याण्डमा प्रभावित हुने जनाएको छ। ‘मेट अफिस’ले आँधीलाई लिएर…

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी

काठमाडौँ- अमेरिकाको लुइजियानामा ‘आइडा’ नामक शक्तिशाली आँधी आएको छ । अचानक आएको समुद्री आँधीले तटीय क्षेत्र डुबाएको छ । आँधीपछि १०औँ हजार मानिसलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ । कयौँ अझै पनि उद्धारको पर्खाइमा रहेको जनाइएको छ । विद्युत सेवा अवरूद्ध हुँदा सात लाखभन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले जनाएको छ । न्यूअर्लियन्स […]

मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

काठमाडौं : पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ। आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ ।आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको छ। भीषण आँधीका कारण रुखहरु जरैदेखि उखेलिएका छन् भने कतिपय स्थानमा जमिन भासिएको छ।भेरक्रिय राज्यको राजधानी सालापाका कयौं सडकहरु हिलोका नदी बनेका छन्। मेक्सिमा आएको आँधीको गति २०० किलोमिटर प्रतिघन्टा रहेको छ।