आचारसंहिता उल्लङ्घनको विषयमा छलफल

काठमाडौँ,२९ कार्तिक । जिल्लामा निर्वाचन प्रचारका क्रममा दलहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएकोप्रति इन्सेकले रुपन्देहीका प्रशासनिक निकायका अधिकारीलाई सचेत गराएको छ । रुपन्देहीमा भइरहेको निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा मानवअधिकारवादी संस्था इन्सेकका प्रतिनिधिले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आचारसंहिता उल्लङ्घनको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएका छन् । इन्सेक कार्यसमिति सदस्य शोभाखर […]

सम्बन्धित सामग्री

विज्ञापन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको जोड

नेपाल उद्योग वाणिज्य महासंघ र विज्ञापन बोर्डको संयुक्त तत्वावधानमा विज्ञापन आचारसंहिता र विज्ञापनको राष्ट्रिय नीतिका विषयमा गहन छलफल भएको छ । आइतवार महासंघ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा महासंघ, बोर्डका पदाधिकारी, उद्यमी व्यवसायीहरू, विज्ञापनदाता र संचार माध्यमका व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।विज्ञापन बोर्डले केही महिना अघिमात्र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ सार्वजनिक गरेको थियो भने विज्ञापनको राष्ट्रिय नीतिको तयारीमा काम गरिरहेको सो अवसरमा जान

आचारसंहिता र निर्वाचन खर्चको विषयमा छलफल गर्न आयोगले बोलायो राजनीतिक दल

निर्वाचन आयोगले राजनीतिक दललाई छलफलका लागि बोलाएको छ । आयोगले आचारसंहिता, निर्वाचन खर्चलगायतका विषयमा छलफल

निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आज छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने भएको छ । साेमबार बिहान साढे ११ बजेका लागि तय गरिएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई बोलाइएको हाे । निर्वाचन आचारसंहिता परिवर्तनको विषयमा छलफल हुने बुझिएको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको छ । […]

निर्वाचन आयागले पार्टीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं : निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलसँग छलफल गर्ने भएको छ। निर्वाचन आचारसंहिताको परिवर्तनको तयारी गरिरहेको आयोगले १२ दललाई छलफलमा बोलाएको हो। बैठक विहान साढे ११ बजे सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।  प्रवक्ता पौडेलले दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल हुने जानकारी दिए। आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ।यस्तै आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने

‘आचारसंहिता दलहरूले आफ्नै लागि बनाएको हो’

बागलुङ : दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्। सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ।कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायत विषयमा छलफल थालेका छन्।राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपा

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज मंगलबार स्थानीय तहको चुनावमा भाग लिने सबै राजनीतिक दलहरूसँग छलफल गर्दैछ । निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई मंगलबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ । २०७४ को सालको निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता […]

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ । ०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । तर, आचारसंहिता भने लागू भइसकेको छैन ।उमेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा द

कास्कीमा निर्वाचन आचारसंहिता विषयमा छलफल

निर्वाचन कार्यालय कास्कीले निर्वाचन आचारसंहिता विषयमा छलफल गरेको छ । आयोगले आज निर्वाचन आयोगले पठाएको मस्यौदा माथी कास्कीका नागरिक समाज, सुरक्षाकर्मी, संचारकर्मी, निर्वाचन अधिकारी, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालासंग छलफल चलाएको हो । छलफलमा सहभागीले ठूला दलले नै निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्ने बताएका थिए । देशभक्त पार्टीका रनबहादुर दर्मले सुरक्षा निकायले पनि ठूला दलका नेतालाई मात्र सुरक्षा दिने गरेको आरोप लगाउनु भयो । साना दललाई पार्टी नगर्ने बताउदै उहाँले साना दलका उम्मेदवार र नेतालाई पनि प्रहरी प्रशासन वास्ता नगर्ने गरेको बताउनु भयो । मानवअधिकारकर्मी शिव खकुरेलले निर्वाचनको बेलामा बालबालिका र विद्यालय प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले कडा आचारसंहिता कायम गर्नुपर्ने सुझाव दिनु भयो । यसैगरी निर्वाचन कार्यलयका प्रमुख भीमसेन कार्कीले आचारसंहिताको मस्यौदा बारे जानकारी गराउनु भयो । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले निस्पक्ष भएर निर्वाचन अधिकृतले काम गर्नुपर्ने बताउदै सबैले आफनो क्षेत्रबाट सहयोग आग्रह गर्नु भयो ।

आचारसंहिता मस्यौदाउपर दलसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिताको मस्यौदामाथि राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र विश्वासनीय तुल्याउन तयार गरिएको आचारसंहिताको मसौदाउपर संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता भएको छलफलमा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोगलाई सुझाव दिनुभयो । दलका प्रतिनिधिहरूले अनुगमनकर्ता तथा अनुगमन समितिलाई चुस्त तुल्याउन तथा दलको निर्वाचन खर्च पारदर्शी गराउने पाटोमा विशेष भूमिका खेल्न आयोगसँग आग्रह गर्नुभयो । मतपेटिका मतगणनास्थलमा ल्याउँदा सबै उम्मेदवारका प्रतिनिधिलाई सँगै आउने व्यवस्था मिलाउन तथा मतदानस्थलमा सिसी क्यामराको प्रयोग गर्न उहाँहरुले लिखित र मौखिक सुझाव दिनुभयो । निर्वाचन सकिएपछि निश्चित समयभित्र हरेका उम्मेदवारले खर्चका विवरण आयोगलाई बुझाउनुपर्छ भन्ने कानूनी व्यवस्था भए पनि त्यो अझै कार्यान्वयन हुन नसकेको छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिले आयोगसमक्ष गुनासो गर्नुभयो । आचारसंहिता जहिले पनि निर्वाचनअघि छलफल गर्ने विषयमा मात्र सीमित नहोस् भन्दै उहाँहरूले कुनै दल विशेषका उम्मेदवारले सधै उल्लङ्घन गर्ने कार्य कहिले बन्द हुन्छ भनी आयोगसम्म प्रश्न गर्नुभएको थियो । छलफलमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगले चुनावको आचारसंहिता सम्बन्धमा राजनीतिक दलसँग छलफल गर्दै

काठमाण्डाै - निर्वाचन आयोगले चुनावको आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ । आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो । बिहान ११ बजेदेखि छलफल गर्न दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । दलहरूको सुझावपछि आयोगले आचारसंहिताबारे थप निर्णय गर्नेछ । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ । आयोगले दुई दलहरुलाई अध्ययनका लागि मस्यौदाको एक  प्रति पठाइसकेको छ । गएको पुस ५ गते प्रतिनिधिसभा भङ्ग गर्दै सर...