आचारसंहिता मस्यौदाउपर दलसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिताको मस्यौदामाथि राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र विश्वासनीय तुल्याउन तयार गरिएको आचारसंहिताको मसौदाउपर संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता भएको छलफलमा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोगलाई सुझाव दिनुभयो । दलका प्रतिनिधिहरूले अनुगमनकर्ता तथा अनुगमन समितिलाई चुस्त तुल्याउन तथा दलको निर्वाचन खर्च पारदर्शी गराउने पाटोमा विशेष भूमिका खेल्न आयोगसँग आग्रह गर्नुभयो । मतपेटिका मतगणनास्थलमा ल्याउँदा सबै उम्मेदवारका प्रतिनिधिलाई सँगै आउने व्यवस्था मिलाउन तथा मतदानस्थलमा सिसी क्यामराको प्रयोग गर्न उहाँहरुले लिखित र मौखिक सुझाव दिनुभयो । निर्वाचन सकिएपछि निश्चित समयभित्र हरेका उम्मेदवारले खर्चका विवरण आयोगलाई बुझाउनुपर्छ भन्ने कानूनी व्यवस्था भए पनि त्यो अझै कार्यान्वयन हुन नसकेको छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिले आयोगसमक्ष गुनासो गर्नुभयो । आचारसंहिता जहिले पनि निर्वाचनअघि छलफल गर्ने विषयमा मात्र सीमित नहोस् भन्दै उहाँहरूले कुनै दल विशेषका उम्मेदवारले सधै उल्लङ्घन गर्ने कार्य कहिले बन्द हुन्छ भनी आयोगसम्म प्रश्न गर्नुभएको थियो । छलफलमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको आयोगले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनमा आजदेखि आचारसंहिता लागू हुने

काठमाडौं, २ माघ। यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो। मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ।आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन। कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन।

आचारसंहिता उल्लङ्घनको विषयमा छलफल

काठमाडौँ,२९ कार्तिक । जिल्लामा निर्वाचन प्रचारका क्रममा दलहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएकोप्रति इन्सेकले रुपन्देहीका प्रशासनिक निकायका अधिकारीलाई सचेत गराएको छ । रुपन्देहीमा भइरहेको निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा मानवअधिकारवादी संस्था इन्सेकका प्रतिनिधिले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आचारसंहिता उल्लङ्घनको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएका छन् । इन्सेक कार्यसमिति सदस्य शोभाखर […]

आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

काठमाडौँ,४ कार्तिक । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न छलफल गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सातबुँदे निर्देशन दिएलगत्तै यहाँका राजनीतिक दल सम्बद्ध उम्मेदवारलाई आचारसंहिता पूर्णपालन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल गरिएको मुख्य निर्वाचन […]

निर्वाचन आचारसंहिता छलफल

काठमाडौं, २२ असोज । आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता २०७९ सम्बन्धी छलफल आज यहाँ सम्पत्र भएको छ । आचारसंहितामा भएको व्यवस्था तथा अन्य कानुनी व्यवस्था र राजनीतिक दल एवं उम्मेदवारको भूमिका सम्बन्धमा प्रदेश निर्वाचन कार्यालय विराटनगरले छलफलको आयोजना गरेको हो । सो अवसरमा प्रदेश निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले आचारसंहिता सबैले पालना […]

आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले आज १२ वटा दलसँग छलफल गर्ने

काठमाण्डाै - निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनबारे आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेतालाई बोलाएको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन मुख्य ध्यान दिने आयोगले जनाएको छ । सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व  गर्ने राजनीतिक  दलका प्रमुख तथा पदाधिकारीसँग  दिउँसो १२ बजे छलफल गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बाल...

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयो : आज दलसँग छलफल गर्दै

काठमाडौं – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ। त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ। संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको […]

आचारसंहिता पालनालाई सर्वपक्षीय बैठक

काठमाडौँ,२० वैशाख । स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आव्हनमा सर्वपक्षीय बैठक आज हेटौँडामा सम्पन्न भएको छ । बैठकमा निर्वाचन आचारसंहिता पालना नभएको सम्बन्धमा परेको उजुरी माथि सरोकारवालाबीच छलफल भएको थियो । बैठकमा सहभागी सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । […]

निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी भएको छ। आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएको भन्दै सना दलका नेताहरुले विरोध जनाएका हुन्।  आयोगले आज आचारसंहिताबारे छलफल गर्न...

आचारसंहिता पालनाबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो ७९ दललाई

काठमाडौं :  निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा राजनीतिक दलहरूसँग छलफल गर्दैछ।स्थानीय तह निर्वाचनको आचारसंहिताको पालनाका लागि दलहरूको प्रतिवद्धता बारेमा छलफल गर्न विहान साढे ११ बजे ७९ दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए। आजको छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ। साथै, आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्नेछ। दलहरूको प्रतिव