काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ८४ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आवेदन दिएकामध्ये ८२ वटा दल दर्ता भइसकेको र दुई वटा दर्ताको प्रक्रियामा रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । ८४ दलभित्रकै कतिपय दलले अर्को दलसँग एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न आवेदन दिएका छन् । […]