वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा, एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

स्याङ्जा – वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । वालिङ नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । वालिङको गह्रौँ प्राथमिक अस्पताल...

सम्बन्धित सामग्री

धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा एक हप्ता बन्द

धनकुटा । धनकुटा नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा वैशाख २० देखि २६ गतेसम्मका लागि बन्द गरिएको नगरपालिका कार्यालयले बताएको छ । शनिवार गरिएको पीसीआर परीक्षणमा नगरपालिका एक पुरुष कर्मचारीमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीलाई पनि लक्षण देखापरेकाले संक्रमण फैलन रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । यो अवधिमा नगरपालिकाले प्रवाह गर्दै आएका प्राथमिक स्वास्थ्य सेवाहरू, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायत भने बन्द नहुने उनले बताए । धनकुटा नगरपालिकाले गत वैशाख ८ गते एक विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि गरेको नगरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने निर्णय अर्को सूचना जारी नभएसम्मका लागि थपेको छ । धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को आइतवार बसेको बैठकले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिसहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाइ विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाले परीक्षा सञ्चालन भइरहेका विद्यालयमा पनि परीक्षाका सबै गतिविधि रोक्न अनुरोध गरेको प्रशासकिय अधिकृत थापाले बताए । नगरका १० वडामा ५३ ओटा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा एक साता बन्द

वैशाख १९, धनकुटा । धनकुटा नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।  नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा वैशाख २० गतेदेखि वैशाख २६ गतेसम्मको लागि बन्द गरिएको नगरपालिकाले जानकारी दिएको छ ।  धनकुटाको पीसीआर परीक्षण ल्यावमा शनिवार गरिएको पीसीआर परीक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुषमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीलाई पनि लक्षण देखा परेकाले थप संक्रमणको जोखिमलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा वैशाख २६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।  यो अवधिमा नगरपालिकाले प्रभाव गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायतका कार्यहरु भने बन्द नहुने प्रशासकिय अधिकृत थापाले जानकारी दिए । यस्तै, धनकुटा नगरपालिकाले गत वैशाख ८ गते एकजना विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि गरेको नगरभरिका विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने निर्णय अर्को सूचना जारी नभएसम्मका लागि थपेको छ । धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सिसिएमसी) को आइतवार बसेको बैठकले विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितिसहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाइ विधिको उपयोग गरी शैक्षिक गतिविधि संकलन गर्ने निर्णय गरेको हो ।  नगरपालिकाले परीक्षा सञ्चालन भइरहेको विद्यालयहरुमा पनि परीक्षाका सबै गतिविधी रोक्न अनुरोध गरेको प्रशासकिय अधिकृत थापाले जानकारी दिए । धनकुटा नगरभरिका १० वडामा ५३ ओटा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । एउटै कक्षाका १३ विद्यार्थी संक्रमित धनकुटास्थित इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षा कोठाका १३ विद्यार्थी संक्रमित भएका छन् । आवासीय रूपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट (एचए) तेस्रो वर्षमा अध्ययनरत हुन् ।  यहाँ एचए तेस्रो वर्षमा ४० जना अध्ययनरत रहेको इन्स्टिच्युटका सञ्चालक रामनारायण प्रसादले बताए । उनले भने ‘उच्च सावधानी कायम गरिएको थियो अकस्मात विद्यार्थीहरू बिरामी हुन थालेपछि परीक्षण गराउँदा यस्तो नतिजा आयो ।’ पहिलो र दोस्रो वर्षका विद्यार्थीको परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले बताए ।  त्यहाँ कार्यरत प्रशिक्षक तथा कर्मचारी होम क्वारेन्टाइनमा छन् । पोजिटिभ नतिजा आएकामध्ये अधिकांश लक्षणसहितका बिरामी रहेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।

भीमदत्त नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा एक हप्ता बन्द गर्ने

कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।

आजदेखि काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा स्थगन

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।

काठमाडौं जिल्ला प्रशासनमा अत्यावश्यकबाहेकका सेवा एक हप्ताका लागि स्थगित

काठमाडौं जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरिएको छ । प्रशासनमा कार्यरत केही कर्मचारीसमेत कोरोनाबाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका सेवाहरु सोमबारदेखि (१३ देखि २० गतेसम्म) एक साताका लागि स्थगित गरिएको प्रशासनले आइतबार सूचनामार्फत जनाएको दिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्धारा अत्यावश्यकबाहेक सेवा स्थगित

काठमाडौं, १२ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत सङ्क्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगन गरिएको जनाइएको छ । सो […]

पाठ्यक्रम विकास केन्द्रले दुई हप्तासम्म समकक्षता निर्धारण नगर्ने

३२ साउन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले दुई हप्ताका लागि समकक्षता निर्धारण, पाठ्यसामग्री दर्ता लगायतका सेवा स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेका कारण अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि १५ भदौसम्मका लागि स्थगित गरिएको …