अरुण काबेली पावरको २० लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडको २० लाख १४ हजार ८१७ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्ने भएको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७८ हजार २०३ जना आवेदकहरूलाई १ करोड ६५ लाख ३७ हजार २८८ कित्ता हकप्रद शेयर कम्पनीले असोज १९ गते बाँडफाँट गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । विक्री हुन नसकेको हकप्रद शेयर समेत विक्री तथा बाँडफाँटपछि  कम्पनीको चुक्तापूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरूमा मात्र हकप्रद शेयर बाँडफाँट गरिएको हो ।  हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज २४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।

सम्बन्धित सामग्री

अरुण काबेली पावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब उक्त हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

अरुण काबेली पावरले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँट, कट अफ मूल्य कति ?

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले मङ्सिर ४ गते शेयर बाँडफाँट गरेको हो । कम्पनीले हकप्रद निष्कासन गर्दा विक्री नभएको सर्वसाधारण समूहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलामीमा ल्याएको थियो । उक्त लिलामी शेयरको कट अफ मूल्य १४६ रुपैयाँ १० पैसा कायम भएको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । १४६ रुपैयाँ १० पैसाभन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४६ रुपैयाँ १० पैसामा कबुल गर्नेलाई समानुपातिक रूपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँट गरिएको छ । बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता मङ्सिर ६ गतेदेखि आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले असोज ३० देखि कात्तिक १४ गतेसम्म शेयर लिलाम गरेको थियो ।  कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निकाष्सन गरेको थियो ।   सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

असोज ३० देखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै अरुण काबेली

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद शेयर असोज ३० गतेदेखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उल्लेखित कित्ता हकप्रद शेयर कम्पनीले कात्तिक १४ गतेसम्मका लागि लिलामीमा ल्याउन लागिएको हो । यो शेयरको मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिमा रितपूर्वक आवेदन दिएका ७८ हजार २०३ जना आवेदकहरूलाई १ करोड ६५ लाख ३७ हजार २८८ कित्ता हकप्रद शेयर कम्पनीले असोज १९ गते बाँडफाँट गरिएको हो । अवितरित हकप्रद शेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । कम्पनीले पाँचथर र ताप्लेजुङ बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्दै आएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

यी तीन कम्पनीका हकप्रद शेयर आइतवारसम्म मात्रै विक्रीमा रहने

काठमाडौं । दुई जलविद्युत कम्पनीसहित तीन कम्पनीको हकप्रद शेयर खरीद गर्ने भदौ ३१ गते (आइतवार) अन्तिम दिन रहेको छ । मल्टीपर्पस फाइनान्स, अरुण काबेली पावर र सिनर्जी पावरको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आइतवार अन्तिम दिन रहेको हो । मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको आधारमा ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरेको हो ।  ३५ प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ । मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । त्यस्तै अरुण काबेली पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर भदौ ११ गतेदेखि निष्कासन गरेको हो । अरुण काबेली पावरले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । अरुण काबेली पावरले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ । भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले थप गरिएको अवधि भदौ ३१ गतेसम्म छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि यसअघि भदौ २४ गतेसम्मको अवधि तय गरिएकोमा मागबमोजिम आवेदन नपरेपछि भदौ ३१ गतेसम्मको मिति थप गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । सिनर्जी पावरको हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

अरुण काबेली पावरको हकप्रद शेयर सोमवार देखि विक्री खुला

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडको हकप्रद शेयर भोलि सोमवार अर्थात भदौ ११ गते देखि विक्री खुला हुने भएको छ ।   कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ छ ।  सोही पूँजीको आधारमा प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्न लागेको हो । शेयरधनीले उक्त हकप्रद शेयरमा भदौ ३१ गते सम्म आवेदन दिन सक्नेछन् ।  शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  शेयरधनीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै अरुण काबेली पावरको कार्यालय र मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत सुरक्षित रहेको संकेत गर्ने ईक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्ला भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्दै आएको छ ।

अरुण काबेली पावरले सच्यायो हकप्रद शेयर निष्कासनको मिति

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासनको मिति सच्याएको छ । गत बिहीवार भदौ ८ देखि २८ गतेसम्म हकप्रद शेयर निष्कासनको मिति उल्लेख गर्दै आह्वान पत्र सार्वजनिक गरेको कम्पनीले शुक्रवार (आज) भदौ ११ देखि ३१ गतेसम्म हुनुपर्ने भन्दै सच्याएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ छ । सोही पूँजीको आधारमा प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्न लागेको हो । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । शेयरधनीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै अरुण काबेली पावरको कार्यालय र मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत सुरक्षित रहेको संकेत गर्ने ईक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्ला भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्दै आएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अरुण काबेलीले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै

काठमाडौँ– अरुण काबेली पावर कम्पनी लिमिटेडले आगामी भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको […]

अरुण काबेली पावरको सभाले पारित गर्‍यो लाभांश र हकप्रद शेयर

भदौ २७, काठमाडौं । अरुण काबेली पावर कम्पनीले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ  । सभा शनिवार भदौ २६ प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै १७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ८५ करोड ५२ लाख पुग्नेछ ।  यही पूँजीको आधारमा शतप्रतिशत अर्थात् १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित भएको हो ।  साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका भदौ १५ गते देखि २५ गतेसम्म बन्द गरेको थियो । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।