नेपाल टेलिकमले अब मागेजति सबैलाई ई–सिम वितरण गर्ने भएको छ । मंगलबारदेखि विभिन्न स्थानबाट टेलिकमको ई–सिम वितरण गरिने भएको छ । हालसम्म सुन्धारास्थित नेपाल टेलिकममको ग्राहक सेवा केन्द्रबाट मात्र ई–सिम दिइँदै आएको थियो । मंगलबारदेखि टेलिकमका अन्य ग्राहक सेवा केन्द्रहरूबाट पनि वितरण गरिने कम्पनीले जनाएको छ ।