नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्दै

काठमाडौं । नेपाल टेलिकमले आज शुक्रबारदेखि ई–सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । अहिले फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न […]

सम्बन्धित सामग्री

ई–सिम वितरणलाई व्यापक बनाउँदै नेपाल टेलिकम, कस्तो मोबाइलमा प्रयोग गर्न सकिन्छ ?

नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरणलाई व्यापक बनाउन लागेको छ । हाल सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम मंगलबारदेखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु, छाउनी र पुल्चोकबाट पनि वितरण गर्न लागिएको टेलिकमले जनाएको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवर्द्धनात्मक परीक्षणको रुपमा ई–सिमको वितरण गरिरहेको र ई–सिम कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जानकारी गरा