ताप्लेजुङका दुई वटा पालिकामा अझै केन्द्रीय प्रसारण लाइन जोडिएन

ताप्लेजुङ – ताप्लेजुङका नौ पालिकामध्ये ७ वटा गाउँपालिका केन्द्रमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । दुई वटा गाउँपालिका केन्द्रमा भने राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी रहेको छ । सदरमुकाम फुङ्लिङमा पहिलो पटक २०७३ साल कार्तिक १३ गते राष्ट्रिय प्रसारण जोडिएको थियो । राष्ट्रिय प्रसारण लाइन पुगेको ६ वर्षमा ७ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत प्राधिकरण ताप्लेजुङका प्रमुख इन्जिनीयर प्रदिप कुमार शर्माले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइ...

सम्बन्धित सामग्री

भोजपुरको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन

भौगोलिकरुपमा विकट मानिने भोजपुरको रामप्रसादलाई गाउँपालिका-८ खोक्सिकको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत विस्तार गरिएको हो ।

बाजुरामा जोडिदैं केन्द्रीय प्रसारण लाइन

बाजुराको आधा बढी जनसंख्या अझै विद्युतको पहुँच बाहिर छ। नौ वटा स्थानीय तह मध्ये हिमाली गाउँपालिकामा त अझै झरो, टुकी बाहेकको विकल्प छैन।...

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै

कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्‍याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताउनुभयो ।

डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुग्यो

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नम्बर ७ मा रहेको गाउँपालिकाको केन्द्र धामी गाउँमा बिजुली पुगेको हो । उज्यालो डिलाशैनी अभियान अन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली पुर्याएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो । धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ । पालिकाका अन्य ठाउँमा पनि लाइन विस्तारको काम तीव्रताका साथ अ...

डिलाशैनीमा पहिलोपटक बिजुली, तिहार भयो झिलिमिली

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नं ७ मा रहेको गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको हो ।उज्यालो डिलाशैनी अभियानअन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली पुर्याएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । चुनावका बेला उज्यालो डिलाशैनी बनाउँछौँ भन्ने बाचा रहेकाले सोही बाचाअनुसार विद्युतीकरणलाई प्राथमिकतामा राखेको जोशीको

बागलुङको बरेङ गाउँमा विद्युत् विस्तार

जिल्लाको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो । सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत् पुर्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युत्को स्विच

डोल्पा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

डोल्पा जिल्ला पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । विद्युतीकरण नभएको कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको हो । चालु आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पुर्‍याउने लक्ष्य लिएको बताइएको छ ।

बाग्लुङ ग्रामीण क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार

बाग्लुङ : बाग्लुङका एक दर्जनभन्दा बढी गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले ६ स्थानीय तहका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको हो।घर छेउका साना खोलाबाट विद्युत् उत्पादन गरेर धिपधिवे बत्ती बालेका गाउँहरुमा केन्द्रीय प्रसारण लाइन पुगेको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए। गत आर्थिक वर्षमा मात्रै जिल्लाभर ३३ भोल्टको विद्युत ६ किलोमिटर विस्तार भएको छ। ११ भोल्टको १९ किलोमिटर र ४०० तथा २२० किलोभोल्टको ३९ किलोमिटर प्रसार

केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ । गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको हो । कार्यालयले मङ्सिरको महिनादेखि काम शुरु गरी लाइनको तार तान्ने, पोल गाड्ने, टान्सफर्मर जडान गर्नेलगायतका कामलाई तीव्र गति दिएको छ । ती काम बोलपत्र आह्वान गरी निर्माण सेवामार्फत भइरहेको केन्द्रले जनाएको छ ।