डोल्पामा बल्ल पुग्यो केन्द्रीय प्रसारण लाइन, दुई हप्ताभित्र दुनैमा केन्द्रीय प्रसारणको बिजुली

जाजरकोट । डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण शुरू भएको छ । रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको परीक्षण आजदेखि शुरू भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।  डोल्पामा दुई वर्षअघि केन्द्रीय प्रसारण लाइन निर्माण शुरू भएको थियो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको गोतामबाट त्रिवेणी हुँदै डोल्पाको त्रिपुराकोटबाट सदरमुकाम दुनैसम्म परीक्षण शुरू भएको र दुई हप्ताभित्र दुनैसम्म विद्युत् सेवा सञ्चालन गर्न सकिने प्रदेश कार्यालयको भनाइ छ । जाजरकोट खण्डमा समेत पोल गाड्नेदेखि प्रसारण लाइनको काम भइरहेको प्रदेश कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमै दुनैसम्म बत्ती बाल्ने योजना भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण चालू आर्थिक वर्षको अन्तिम चौमासिकमा निर्माण सम्पन्न भएको हो । अहिले ११ केभी प्रसारण लाइन यहाँ पुर्‍याउन लागिएको हो भने ३३ केभी प्रसारण लाइनको सब स्टेसन त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटमा निर्माणाधिन छ ।  जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनैसम्म ११८ किलोमिटर लम्बाइ  छ । जाजरकोट डोल्पा सडक खण्डसँगै जोडेर काम भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिकाको चौखामा सबस्टेसनको कामसमेत निरन्तर जारी छ । डोल्पाको पालिकास्तरमा विद्युतीकरणका लागि अघिल्लो आवमा ठेक्का लागेपछि काम भने अहिले शुरू भएको विद्युत् प्राद्यिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ । मुख्य लाइनबाट सहायक लाइन निर्माण गरी तल्लो र मध्य डोल्पामा विद्युतीकरणका लागि काम शुरू गरिएको हो । मुडकेचुला, जगदुल्ला, ठुलीभेरी, त्रिपुरासुन्दरीका गाउँगाउँमा विद्युत् लिनका लागि सहायक लाइन निर्माण गर्न भएको ठेक्काअनुसार काम भइरहेको छ । रासस

सम्बन्धित सामग्री

रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन

बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ ।

बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइन

बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । गलकोट नगरपालिका(१० स्थित रमुवा गाउँमा विसं २०६२ सालमा लघु जलविद्युत् पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो । नेपाल विद्युत प्राधिकरणले यही वैशाख २४ गते केन्द्रीय प्रसारण लाइन बिस्तार गरेको हो ।

भोजपुरको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन

भौगोलिकरुपमा विकट मानिने भोजपुरको रामप्रसादलाई गाउँपालिका-८ खोक्सिकको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत विस्तार गरिएको हो ।

बाजुरामा जोडिदैं केन्द्रीय प्रसारण लाइन

बाजुराको आधा बढी जनसंख्या अझै विद्युतको पहुँच बाहिर छ। नौ वटा स्थानीय तह मध्ये हिमाली गाउँपालिकामा त अझै झरो, टुकी बाहेकको विकल्प छैन।...

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै

कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्‍याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताउनुभयो ।

ताप्लेजुङका दुई वटा पालिकामा अझै केन्द्रीय प्रसारण लाइन जोडिएन

ताप्लेजुङ – ताप्लेजुङका नौ पालिकामध्ये ७ वटा गाउँपालिका केन्द्रमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । दुई वटा गाउँपालिका केन्द्रमा भने राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी रहेको छ । सदरमुकाम फुङ्लिङमा पहिलो पटक २०७३ साल कार्तिक १३ गते राष्ट्रिय प्रसारण जोडिएको थियो । राष्ट्रिय प्रसारण लाइन पुगेको ६ वर्षमा ७ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत प्राधिकरण ताप्लेजुङका प्रमुख इन्जिनीयर प्रदिप कुमार शर्माले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइ...

बागलुङको बरेङ गाउँमा विद्युत् विस्तार

जिल्लाको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो । सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत् पुर्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युत्को स्विच

डोल्पा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

डोल्पा जिल्ला पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । विद्युतीकरण नभएको कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको हो । चालु आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पुर्‍याउने लक्ष्य लिएको बताइएको छ ।

बाग्लुङ ग्रामीण क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार

बाग्लुङ : बाग्लुङका एक दर्जनभन्दा बढी गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले ६ स्थानीय तहका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको हो।घर छेउका साना खोलाबाट विद्युत् उत्पादन गरेर धिपधिवे बत्ती बालेका गाउँहरुमा केन्द्रीय प्रसारण लाइन पुगेको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए। गत आर्थिक वर्षमा मात्रै जिल्लाभर ३३ भोल्टको विद्युत ६ किलोमिटर विस्तार भएको छ। ११ भोल्टको १९ किलोमिटर र ४०० तथा २२० किलोभोल्टको ३९ किलोमिटर प्रसार

केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ । गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको हो । कार्यालयले मङ्सिरको महिनादेखि काम शुरु गरी लाइनको तार तान्ने, पोल गाड्ने, टान्सफर्मर जडान गर्नेलगायतका कामलाई तीव्र गति दिएको छ । ती काम बोलपत्र आह्वान गरी निर्माण सेवामार्फत भइरहेको केन्द्रले जनाएको छ ।