पत्रकार महासंघ बागलुङद्वारा आफ्नै भवनमा १० ओटा बेडको आइसोलेशन कक्ष निर्माण

वैशाख १९, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङले १० ओटा बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । महासंघले आइतवार आफ्नै भवनको सभाहलमा १० ओटा बेडको आइसोलेशन कक्ष तयार गरेको हो ।  अग्रपंतीमा खटिएर रिपोटिङ गर्दा भविष्यमा आईपर्ने समस्यालाई सहज समाधानको लागि महासंघले भवनको सभाहलमा आइसोलेशन निर्माण गरेको अध्यक्ष नरेश कंडेलले जानकारी दिए । कोरोना उपचार भइरहेको धौलागिरि अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा हुने बेड अभावलाई ध्यानमा राखेर अक्सिजनको व्यवस्थासहित आइसोलेशन तयार गरेको अध्यक्ष कंडेलले बताए ।  आइसोलेशन कक्ष सञ्चालनको लागि धौलागिरि अस्पताल र बागलुङ नगरपालिकासँग आवश्यक समन्वय गरिएको छ । आइसोलेशन कक्षमा कोरोना संक्रमित पत्रकारलाई उपचारको लागि रााखिने छ । त्यहाँ आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा अस्पताल र नगरपालिका स्वास्थ्य शाखाले साथ दिने प्रतिबद्धता जनाएको अध्यक्ष कँडेलले बताए ।  आइसोलेशनमा वाईफाई, रुची अनुसारका पुस्तक, म्युजिक तथा भिडियोका लागि मल्टिमिडिया जस्ता प्राविधिक सामग्री जडान गरिएको छ । आइसोलेशन कक्षमा आवश्यक सेनिटाईजर, डिजिटल बिपिसेट, अक्सिजन नाम्ने उपकरण, पाँच लिटर सेनिटाईज, सर्जिकल मास्क गरी करीब २२ हजार बराबरको सामग्री ब्रदर्श सर्जिकल एण्ड डाईगोनोटिसका सञ्चालक निलकण्ठ शर्मा प्रदान गरेका थिए । बजार क्षेत्रमा भाडा गरी बस्ने पत्रकार सञ्चारकर्मीहरुले अस्पतालको बेड नपाउँदा कहाँ बसेर उपचार गर्ने समस्या रहेकोले महासंघले आफ्नै भवनमा आइसोलेशन कक्ष निर्माण गरेको उपाध्यक्ष नविन शिशिर विकले जानकारी दिए । ‘बजार क्षेत्रमा भाडा गरी बस्ने पत्रकार सञ्चारकर्मीले अस्पतालमा बेड नपाउँदा कहाँ बसेर उपचार गर्ने’ उपाध्यक्ष विकले भने ‘महामारीको पूर्वतयार अनुसार महासंघले आफैले पहल गरेको हो ।’  आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर सत्य तथ्य सूचना प्रवाह गर्न उनको आग्रह छ । महासंघले निषेधाज्ञाको समयमा आईपर्ने कुनै पनि प्रकारको समस्याको बारेमा पत्रकार सञ्चारकर्मीलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

संचारकर्मीहरुलाई पत्रकार महासंघ हुम्लाद्वारा आर्थिक सहयोग

नेपाल पत्रकार महासंघ हुम्लाले संचारकर्मीसहित विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई आर्थिक सहयोग गर्ने भएको छ। शनिबार बसेको महासंघकाे बैठकले दुर्घटनामा परेका संचारकर्मी तथा उल्लेखनीय काम गरेका संस्थाहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। नयाँ पत्रिकाकर्मी नरजन...

पत्रकार महासंघ डडेल्धुरामा तालाबन्दी

डडेल्धुरा । मागपत्र सुनुवाई नभएको भन्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा तालाबन्दी गरिएको छ । यहि चैत्र १६ गते प्रेस चौतारी नेपाल डडेल्धुरा शाखा र स्वतन्त्र पत्रकार डडेल्धुराको संयुक्त आयोजनामा १० सुत्रिय माग राख्दै तीन दिने अल्टिमेटमसहित महासंघलाई बुझाएको ज्ञापनपत्रको कुनै सुनुवाई नभएको भन्दै बुधवार महासंघमा तालाबन्दी गरिएको हो । पत्रकार महासंघ डडेल्धुरा शाखालाई बुझाएको […]

पत्रकार महासंघ रौतहट शाखाका सभापति झालाई पितृशोक

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झालाई पितृशोक परेको छ।

पत्रकार महासंघ अछामद्धारा डा.गौचनको बिदाई

बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनको बिदाई गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले डा. गौचनको एक कार्यक्रमकाबीच बिदाई गरेको हो।

पत्रकार महासंघ प्रदेश उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द प्रसाद गुप्ताको शनिबार बिहान निधन भएको छ।

पत्रकार महासंघ यूके अध्यक्षमा अर्याल

नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित भए ।...

पत्रकार महासंघ बाँकेले एम्बुलेन्स खरिद गर्ने

नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना महामारीलाई मध्यनगर गर्दै एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ ।

पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा गौतम

नेपाल पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आनन्द गौतम निर्वाचित भएका छन्। चन्द्र पन्दाक‘प्रयास’लाई झिनो मतले पराजित गर्दै गौतम पत्रकार महासंघ ताप्लेजुङको सातौं अध्यक्ष निर्वाचित भएका हुन्।...

पत्रकार महासंघ गण्डकी प्रदेशको छुट्टै कार्यालय

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आफ्नो छुट्टै कार्यालय बनाएको छ । महासंघ गण्डकी प्रदेशले पत्रकार महासंघ कास्कीको भवनमा तला थपेर आफ्नो छुट्टै कार्यालय बनाएको हो । कार्यालयको शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरे...