‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’  - प्रहरी महानिरीक्षक थापा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षाका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापाले नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक हुन्छ भन्नुभयो ।

सम्बन्धित सामग्री

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित कार्यालय तथा आवास भवन उद्घाटन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका छन् ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने बता