म्याग्दी – शुक्रबार बिहानैदेखि परेको वर्षासँगै भएको हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीका डाँडाकाँडाहरु सेताम्य बनेका छन् । विभिन्न स्थानमा हिमपात भएको छ । वर्षा र हिमपातसँगै चिसो बढेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा चराङमा एक फीटसम्म बाक्लो हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले टेलिफोनमा बताउनुभयो । यसैगरी मुक्तिनाथ, कागबेनीमा पनि एक फीटसम्म हिउँ जमेको छ भने हिमपातकै कारण कागबेनीभन्दा माथि यातायात चल्न नसकेको उहाँले ...