केही दिनअघि युट्युब सर्च गर्दैगर्दा एउटा अन्तर्वार्ता देखेर हेर्न थालेँ ।
अन्तर्वार्तामा आफ्ना विचार पोखिरहेका ती अन्तर्राष्ट्रिय संस्थाबाट रिटायर्ड व्यक्तिले भने, 'अरुहरूले मैले जति बुझेका छैनन् त्यसैले...।'
'अरुहरूले मैले जति बुझेका छैनन्, मैले जति जानेका छैनन् । उनीहरूको हैसियत मेरो जस्तो छैन' अचेल यस्ता वाक्यहरू म एकदम सुन्छु । चाहे टीभीमा होस् या वास्तविक जीवनमा...