प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि ७ दिनको समय दिएकी छिन्। मंसिर १० गतेसम्म संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीका लागि दाबी गर्न भण्डारीले आइतवार आह्वान गरेकी हुन्। निर्वाचन आयोगले कात्तिक २९ गते राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो। संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दललाई…

सम्बन्धित सामग्री

राष्ट्रपतिले दिएको समय आज अपराह्न सकिँदै, बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै गर्दा दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते दिएको ७ दिनको समय अपराह्न सकिन लागेको हो। मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान

प्रधानमन्त्रीमा दाबी पेश गर्न सात दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिको कार्यालयबाट आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार अपराह्न ५ बजेभित्र दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य […]

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा  पुस १० गते आईतबार बेलुकी पाँच बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी हुन् । संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को […]