पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ। तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ। त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन्।
सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर आत्मनिर्भर बनेका छन् । उनले माटोका भाँडाकुँडा बिक्री गरेरै मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय गाउँघरदेखि सहरबजारसम्म माटोका भाँडाकुँडाको प्रयोग घट्दै गए पनि यो पुर्ख्यौली पेसा भएकाले पण्डितले यसलाई मुख्य आम्दानीको स्रोत बनाई निरन्तरता दिइरहेको बताए । उनले भने, ‘हामी सबै परिवार यही […]
दसैँको टीकाको दिनसम्म झलमल्ल घाम देख्दा इलामको माईजोगमाई गाउँपालिका–६, प्याङका रविन सोङ्मी लिम्बूलाई लागेको थियो– अब बर्खा सकियो। टीकाको पर्सिपल्ट १८ असोजमा एकाएक ठूलो पानी पर्यो। सामान्यतया वर्षा भइरहने ठाउँ नै हो इलाम। त्यसैले रविनले सुरुमा त त्यसलाई सामान्य रूपमै लिए। तर, मध्यरातमा उनले खोला, खोल्सी ठूलै आवाजमा गडगडाएको सुने। “राति त धारामा पानी आएजसरी […]
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गराउन चीनसँग सहयोग मागेका छन्। उनी एसिया भ्रमण सुरु गर्नुअघि प्रेसका लागि विमानमा बोल्दै चीनले अमेरिकालाई शान्ति प्रक्रियामा मद्दत गर्नुपर्ने चाहना व्यक्त गरेको बताए। भ्रमण दौरान ट्रम्पले दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। चीनलाई रूसको प्रमुख सहयोगी मानिन्छ, र युद्धकालीन प्रतिबन्धका बाबजुद […]