काबुल विमानस्थल बाहिर गोली हानाहान

अफगानिस्तानको काबुल विमानस्थलबाहिर गोली हानाहान भएको छ । उक्त घटनामा अमेरिका नेतृत्वको नेटो सेना समेत सहभागी भएको बीबीसीले उल्लेख गरेको छ । अज्ञात बन्दूकधारी र काबुल विमानस्थल प्रबेशद्वारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच गोली हानाहान भएको बताइएको छ । घटनामा एक जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । गएको साताको सुरुवातदेखि तीब्रता पाए यता बर्हिगमनको क्रममा कम्तिमा २० जनाको मृत्यु भएको छ । तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्रसित भएर अफगान छोड्नेको संख्यामा बृद्धि भएको छ ।

सम्बन्धित सामग्री

काबुल विमानस्थलमा गाेली हानाहान हुँदा एक अफगानी सुरक्षाकर्मीको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलको प्रवेशद्वार नजिकै गोली हानाहान हुँदा कम्तीमा एक जनाको ज्यान गएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।  पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा एक अफगानी सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सहभागी थिए ।  तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्न चाहने मानिसका कारण गएको हप्ता तनावपूर्ण बनेको काबुल विमानस्थल हिजो आइतवार केही व्यवस्थि...

काबुल विमानस्थल क्षेत्रमा गोली हानाहान, कम्तीमा एकजनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिक गोली हानाहान भएको छ । भिडन्तमा एक अफगान सुरक्षाकर्मीको ज्यान गएको छ । अरु तीनजना घाइते भएका छन् । पहिचान नखुलिएका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार गोली हानाहान भएको जर्मन आर्मीका अधिकारीले बताएका छन् । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएका […]