काबुल विमानस्थलमा गाेली हानाहान हुँदा एक अफगानी सुरक्षाकर्मीको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलको प्रवेशद्वार नजिकै गोली हानाहान हुँदा कम्तीमा एक जनाको ज्यान गएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।  पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा एक अफगानी सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सहभागी थिए ।  तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्न चाहने मानिसका कारण गएको हप्ता तनावपूर्ण बनेको काबुल विमानस्थल हिजो आइतवार केही व्यवस्थि...