पुरानै लयमा फर्कदै दोलखाको पर्यटकीय स्थल कालिञ्चोक

मंसिर ११, दोलखा । कोरोना महामारीले सुस्ताएको दोलखाको प्रमुख पर्यटकीय गन्तब्य कालिञ्चोक विस्तारै पूनः पुरानै लयमा फर्कन थालेको छ ।  हिउँपर्ने सिजन शुरु भएकाले पनि कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या बढेसँगै सुस्ताएको होटल ब्यावसायले पून पुरानै गति लिन लागेको हो । कोरोना महामारी कम भएको तथा हिउँ पर्ने सिजन शुरु भएकोले होटल बुक हुने क्रम बढेको होटल सुनपातिका म्यानेजर विमल ओझाले जानकारी दिए । हरेक शुक्रवार होटलहरुमा क्षमता अनुरुप नै पाहुना आउने गरेको उनको भनाइ छ । शुक्रवार राति यो वर्ष सानै भएपनि हिमपात भएकोले होटल बुकिङ बढेको कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी चन्द्र लामाले बताए । अहिले अरु दिन ३० देखि ४० प्रतिशत कोठाहरु बुक हुने गरेको तर शुक्रवार भने ८० प्रतिशत भन्दाबढी कोठाहरु बुक हुने गरेको कालिञ्चोकका होटल व्यावसायीहरुको माग छ ।  कोभिडका कारण विगत एक वर्षभन्दा बढी समयदेखि सुनसान रहेको कालिञ्चोकमा अहिले पूनः चहलपहल बढेका कारण केवल कार चढेर कालिञ्चोक मन्दिर दर्शन गर्नेहरुको संख्या बढिरहेकोे कालिञ्चोक केवलकारका निमित्त प्रमुख शन्देश शिवाकोटीको भनाइ छ । कोभिडका कारण करीब डेढ वर्ष देखि केवलकार बन्द अवस्थामा थियो । विशेष गरी हिउँ पर्ने सिजनमा कालिञ्चोकमा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्दछ । काठमाडौं उपत्यका र आसपासका जिल्लाका हिउँ खेल्न चाहनेहरुको लागि नजिकको आकर्षक गन्तब्यको रुपमा कालिञ्चोक परिचित छ ।  दृष्यावलोकन गर्न, हिउँ खेल्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्नकालागि समान्य सिजनमा हजारौं मानिसहरु कालिञ्चोक आउने गरेका छन् । ३ हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोक बाट रोल्वालिङ तथा जुगल हिमश्रंखला तथा सुर्यास्तको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । कालिञ्चोकमा साना ठूला गरी ५० होटलहरु रहेका छन् । कालिञ्चोक मात्र हैन कारोना महामारीले व्यवसायनै ठप्प भएको समयमा आन्तरिक पर्यटकहरुको चहल पहल बढ्न थालेकोले हिउँपर्ने सिजन शुरुभएसँगै होटल व्यावसायीहरुले केही राहत पाउने सदरमुकाम चरिकोटका होटल व्यावसायीहरुको आशा छ । होटल व्यावसायीहरुले गरेको एक अध्ययन अनुसार समग्र दोलखाको होटल व्यवसाय दैनिक २५ लाख रुपैयाँ घटा रहेको सदरमुकाम चरिकोटामा रहेको होटल लक्ष्मीका सञ्चालक राजेश उप्रेतिले बताए । विशेष गरी आन्तरिक पर्यटकहरुको रोजाईमा परेको कालिञ्चोकमा पर्यटक आउँदा सदरमुकाम चरिकोटका होटलहरु पनि भरिभराउ हुने भएकोले हिउँ पर्ने सिजनमा पर्यटक आगमन बढ्दा चरिकोटका होटल व्यावसायीलाई पनि राहत हुने सञ्चालक उप्रतिको भनाइ छ ।  तर विगत वर्षहरुमा जस्तै यसपटकको हिउँ पर्ने सिजनमा होटल बुक नगरी आउँदा आन्तरिक पर्यटकहरु अलपत्र पर्न सक्ने सम्भावना भएकोले होटल बुक गरेर मात्र भ्रमणकालागि आउन उनको सुझाव छ ।

सम्बन्धित सामग्री

ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच

अर्घाखाँची – अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच नाचिएको छ । ऐतिहासिक अर्घा भगवती देवीको मन्दिर अर्थात् अर्घा दरबार (परापूर्वकालमा बाइसे चौबिसे राज्यको रूपमा रहेको स्थान) मा श्री कृष्ण जन्माष्टमीको दिन सदियौँदेखि लाखे नाच नाचिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे । भगवान् शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजित गरेको खुसियालीमा लाखे नाच्ने परम्परा रहेको स्थानीय ठाकुर गन्धर्वले बताउनुभयाे । भगवान् शिवको प्रतीकको रूपमा कालभैरव जस्तै ग...

चुँदी रम्घालाई पर्यटकीय स्थल बनाइने

चुँदी रम्घालाई पर्यटकीय स्थल बनाइने भएको छ । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यहाँका स्थानीय यसको प्रचारप्रसारमा जुटेका हुन् । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यसँग सम्बद्ध स्थलहरुको पुनर्निर्माण, खोज अनुसन्धान, सम्वर्द्धन, प्रचारप्रसार गर्ने उद्देश्यका साथ स्थानीयबीच प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ । चुँदी रम्घा बनाऔं अभियानको संयोजनमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, आदिकवि […]

पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम

अर्घाखाँची – चिसो हावा र चिसो पानीले प्रसिद्ध अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएकाे छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा साेमवार वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरेको हो ।वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क–६ का वडाध्यक्ष श्रीधर महत्रा, मालारानी गाउँपालिका–५ क...

पेरूकाे पर्यटकीय स्थल माचुपिचु अनिश्चित कालका लागि बन्द

एजेन्सी । पेरु सरकारले प्रशिद्ध पर्यटकीय स्थल माचुपिचु अनिश्चित कालका लागि बन्द गरेको छ । केही हप्ता यता जारी भएकाे प्रदर्शनकाबीच सरकारले पर्यटक र नागरिकको सुरक्षाका लागि भन्दै पर्यटकीय स्थल माचुपिचु बन्द गर्ने निर्णय गरेको हो । पेरुमा राष्ट्रपति विरुद्ध चर्केको आन्दोलनकाबीच सोही स्थलमा सयौं विदेशीहरु फसेको अनुमान गरिएको छ । प्रदर्शनकारीहरुले यातायात सेवा समेत […]

मधेस प्रदेशद्वारा ठोरीलाई पर्यटकीय स्थल घोषणा

पर्सा – मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ । शुक्रवार ठोरीमा बसेको मन्त्रीपरिषद्को बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रलाई प्रदेशकै पहिलो पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरिएको बताउनु भयो । उहाँले यस क्षेत्रलाई पर्यटकीय हिसावले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको पनि बताउनु भयो । ‘आजको बैठकबाट ...

पर्यटकीय स्थल दोमुखामा आगलागी, आमा छोरी घाइते

झापा :  पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका– १० स्थित दोमुखामा गएराति आगलागी भएको छ। आगलागीमा परी आमा छोरी जना घाइते भएका छिन्। शिवसताक्षी– १० दोमुखा निवासी ४३ वर्षीया बालिका भण्डारी र उनकै १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। हात र अनुहार जलेर घाइते भएकी आमा–छोरी दुवै जनाको बिर्तामोडस्थित बिर्तासिटीमा उपचार भइरहेको छ।प्रहरीकाअनुसार बिहीबार राति ११ बजे दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठा भएको एक तले भव

म्याग्दीका पर्यटकीय स्थल र बजारमा बढ्यो चहलपहल

म्याग्दी : म्याग्दीका धार्मिक, पर्यटकीय स्थल र तातोपानी कुण्डहरू फेरि गुलजार हुन थालेका छन्। सदरमुकाम बेनीबजारमा पनि चहलपहल बढेको छ। पर्यटकीय स्थलमा पनि पर्यटक बढ्न थालेका छन्।कोरोना संक्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिक, पर्यटकीय र सार्वजनिक स्थल फागुन १ गते खुला गरेसँगै मानिसको चहलपहल बढ्न थालेको हो। प्राकृतिक चिकित्सालय भनिने म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा डुबेर उपचार गराउन पनि बिरामी आउन थालेका छन्।कोरोना संक्रमण घटेकाले सबै धार्मिक स्थल

पर्यटकीय स्थल मानहुँकोट बतास समुहलाई लिजमा दिने प्रक्रिया रोक्न सर्वोच्चमा रिट

काठमाडौं, ३० पुस । तनहुँको पर्यटकीय स्थल मानहुकोटलाई लिजमा दिने प्रक्रिया रोक्न माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ऐतिहासिक पर्यटकीय स्थान मानहुकोटलाई विशुद्ध व्यापारिक प्रयोजनको लागि बतास समूहको व्यास हिल्स प्रा.लि.लाई अत्यन्तै सस्तोमा लामो समयको लागि लिजमा दिन थालिएको दाबीसहित अधिवक्ता रामचन्द्र पौडेलले बिहीबार रिट दायर गरेका हुन् । स्थानिय सरकार […]

तस्वीर : म्याग्दीको पर्यटकीय स्थल टोड्के

म्याग्दीको बेनी नगरपालिका मंगला र रघुगंगा गाउँपालिकाको सीमानामा रहेको पर्यटकीय स्थल टोड्के । यहाँबाट धवलागिरि, नीलगिरिलगायतका हिमशृंखला र म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ जिल्लाका दर्जनौँ भौगोलिक दृश्यावलोकन गर्न सकिन्छ । तस्वीर : रासस

शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाइने

तनहुँ, ८ बैशाख । व्यास नगरपालिका–४ स्थित शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन प्रयास थालिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन लागिएको हो । पार्कभित्र मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको चैतेदशैंको अवसर पारेर उद्घाटन गरिएको […]