१६ चैत २०७७ बिहान ५ बजे घर नजिकैको खेतमा पानी लगाउन गएका बर्दिया गेरूवा नगरपालिका १ जनकनगरका ३५ वर्षीय चुलाराम थारू पाटे बाघको आक्रमणमा परे । थारूको टाउको, कान र ढाडमा गहिरो चोट लागेको छ । घाइते थारूलाई आफन्तले एम्बुलेन्समा हालेर तत्कालै नेपालगञ्ज पुर्याएका थिए । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जको आईसीयू वार्डमा उपचाररत […]