गुल्मीको रेसुङ्गमा सडक पीच

काठमाडौं । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे भएको छ । पर्यटकीय दृष्टिकोणले भरिपूर्ण भएपनि सडक कालोपत्रे नहुँदा रेसुङ्गा क्षेत्रसम्म पुग्न तीर्थालु र पर्यटकले निकै सास्ती खेप्दै आएका थिए । अहिले सडक कालोपत्रे भएसँगै रेसुङ्गा पुग्न सहज भएको छ । पैदल मार्ग २ वर्ष पहिले नै निर्माण भएपनि सडक कालोपत्रे नहुँदा […]

सम्बन्धित सामग्री

सडक विभाग र महानगर द्वन्द्व: महानगर भत्काउने, विभाग कालोपत्र लाउने

सडक विभागले सडक पीच गर्न थालेपछि महानगरका प्रतिनिधि प्रहरी टोलीसहित न्यूरोड पुगेको थियो। उक्त समयमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य समेत बनेको थियो।

सडक विभाग र महानगर द्वन्द्व: महानगर भत्काउने, विभाग कालोपत्र लाउने

सडक विभागले सडक पीच गर्न थालेपछि महानगरका प्रतिनिधि प्रहरी टोलीसहित न्यूरोड पुगेको थियो। उक्त समयमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य समेत बनेको थियो।

खम्बा बीचमै छाडेर सडक पीच (भिडिओ)

ललितपुरको यूएन पार्क करिडरमा भर्खरै झण्डे २ करोड खर्चिएर बनाइएको सडक खम्बा त्यत्तिकै छाडिँदा जोखिम उत्तिकै बढेको छ ।

कम्युनिस्ट-कांग्रेस जसले जिते पनि पानीकै दु:ख

हरेक चुनाव यो बस्तीमा पानी ल्याइदिने सपना बोकेर आउँछ, सडक पीच गरिदिने सपना बोकेर आउँछ । तर जसै चुनाव सकिन्छ सपना पनि बिलाएर जान्छ । त्यसैले त कल्पनालाई यसपटकको चुनावमा भोट माग्न आउनेसँग केही माग्न मन छैन, कुनै अपेक्षा छैन ।

कर्णाली सरकारले गर्‍यो १६ किलोमिटर सडक कालोपत्रे

सुर्खेत – कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगती विवरण सार्वजानिक गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको छ। प्रदेशका सबै मन्त्रालयहरुको प्रगति सुनाउने क्रम्मा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पीच गरेको प्रगती समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो। त्यस्तै ग्रावेल ११३ […]

ललितपुरको सातदोबाटो–चापागाउँ सडक आज पनि बन्द

काठमाण्डाै – ललितपुरको सातदोबाटो–चापागाउँ सडक आज दोस्रो दिन पनि बन्द छ । सडक मर्मत नगरेको भन्दै स्थानीयबासिन्दाले हिजोदेखि सडक बन्द गरेका हुन् । ठेकेदारले सडक मर्मत नगरेसम्म अवरोध कायमै राख्ने उनीहरुको अडान छ । धुलोले हैरान बनाएको भन्दै स्थानीयबासिन्दाले सडक नै बन्द गरेर विरोध गरेका छन् । ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनले डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लामो समयसम्म नबनाएको बताउनुभयो । एक वर्ष अगाडि यो सडक पीच भएको थियो । तर त्यस...

सडक पीच भएपछि नाचे नेपाल गाउँका गाउँले

सडक पीच भएसँगै सो सडक भएर चाँगुनारायण नगरपालिकाको ताथली, काभ्रेको बनेपा, नाला आवतजावत गर्न निक्कै सहज भएको उनीहरुको भनाइ छ। उनीहरुका अनुसार सो सडक पीच भएसँगै स्थानीय ६० घरधुरीका स्थानीय लाभान्वित भएका छन्

बुटवलको नयाँ गाउँका तीन घरमा आगलागी

२२ कात्तिक, बुटवल। रुपन्देहीको बुटवल–१२ नयाँ गाँउमा तीन वटा घरमा आगलागी भएको छ । सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट स्थानीय गोपाल पाण्डेसहित अन्य दुई घरमा आगो सल्केको प्रहरीले जनाएको छ । आगलागीबाट एकतले घर जलेर पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा सामानय क्षति भएको इलाका प्रहरी कार्यालय […]

सडक कालोपत्र भएपछि बढ्यो रत्नेचौरको रौनक

कात्तिक २, म्याग्दी । उज्यालो भएदेखि रात नपरुन्जेलसम्म उत्तरतर्फ चाँदी झै टल्किएका धवलागिरि, निलगिरि, अन्नपूर्णलगायतका हिमश्रृंखला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्र भएपछि झन् बढेको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्डको १ हजार ३०० मिटर सडक कालोपत्र गरिएपछि रत्नेचौरको रौनक बढेको हो । समथर फाँटमा झुलेको धान,फाँटको बीचमा चिटिक्कको कालोपत्र सडक र पृष्ठभूमिमा धवलागिरि, निलगिरि लगायतका हिमश्रृंखलालाई पुष्ठभूमीमा पारेर तस्वीर खिचाउन, टिकटक बनाउन र रमाउन यहाँ दैनिक सयौंको संख्यामा युवायुवतीहरु आउन थालेपछि अहिले रत्नेचौर गाउँ बेफुर्सदिलो बनेको छ । बेनी नगरपालिकाका तीनवटा वडालाई समेटिएको यस सडक खण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्र शुरु भएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत यस वर्ष १ हजार ३०० मिटर सडक कालोपत्रे गर्ने योजना अनुसार १ हजार ३०० मिटर सडक पीच गरिएको बेनी नगरपालिका २ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताए ।  उनका अनुसार कालोपत्रसँगै अर्जमदेखि भकुण्डेसम्मको सडकलाई समेत फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान गर्ने लगायतका स्तरोन्नतिका कामहरु भएका छन् ।  सडक नालीसहित ८ दशमलव २० मिटर फराकिलो बनेको छ । सडक डिभिजनमार्फत सडक कालोपत्र गर्न १ करोड ३७ लाख र सडक स्तरोन्नति गर्न १ करोड १२ लाख ७६ हजारमा सडक कालोपत्र र स्तरोन्नतिको काम भएको वडाअध्यक्ष रावलले बताए । सडक फराकिलो बनाउने, ह्युमपाइप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलानसमेत गरी स्तरोन्नति लगायतका कामहरु सम्पन्न भइसकेका र आगमी वर्ष अर्जमसम्म कालोपत्र गर्ने योजना रहेको उनले जानकारी दिए । सडकको ट्र्याक निर्माण भएको करीब दुई दशकपछि ग्रामीण सडक कालोपत्र आयोजना सञ्चालन भएपछि स्थानीयबासी उत्साहित बनेको स्थानीय अमरबहादुर बोगटीले बताए । ‘गाउँकै नेता प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, उनकै पहलमा ग्रामीण सडक कालोपत्र हुन थालेको छ, यहाँबाट शुरु भएको कालोपत्र अर्जम, ज्यामरुकोट, भकुण्डे हुँदै ज्यामरुकोटसम्म पुगेमा तीन वडाका हजारौं नागरिक पत्यक्ष लाभान्वित हुन्छन्,’ उनले भने । कच्ची सडकका कारण नियमित सवारी साधन सञ्चालन नहुने, हिउँदमा धुलो र बर्खायाममा हिलोको सास्ती बेहोर्दै आएकोमा सडक कालोपत्र शुरु भएपछि स्थानीयबासीमा खुसियाली छाएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाका अनुसार, रत्नेचौर–भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डीपीआर नै तयार पारेर बहुवर्षीय आयोजना सञ्चालन भएको हो । आगामी वर्षसमेत बजेट विनियोजन गरी कालोपत्रसहितको स्तरीय सडक निर्माणका लागि पहल गरिने छ ।

उफ! जोरपाटी-साँखु सडक‚ सधैं सास्ती

काठमाडौं : संघीय सरकारको राजधानी काठमाडौं सहर नजिकैको जोरपाटी-साँखु सडकखण्डको थली क्षेत्रमा कालोपत्रेको माग राख्दै थलीवासीले २०७६ जेठ २८ मा टायर बालेर सडक अवरुद्ध गरे। कागेश्वरी मनोहरा नगरपालिका र स्थानीयबीच तत्काल बाटोको हिलो सोर्ने, ग्राबेलिङ र सडक पीच गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन फिर्ता लिए।सहमतिपछि थलीका कल्पना भट्टराईलाई लागेको थियो- अब धुलाम्मे र हिलाम्मे सडकबाट मुक्ति पाइने भयो। तर, सहमति भएको दुई वर्ष पुग्नै लाग्दा पनि सडक कालोपत्रे ह