सिके राउत र विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु ठूलो उपलब्धि : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब संविधानभन्दा बाहिर कोही पनि नरहेको बताउनुभएको छ । पृथकतावादी सीके राउत र सशस्त्र गतिविधि गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनु् ठूलो उपलब्धि भएको मन्त्री ज्ञवालीले बताउनुभयो । शुक्रबार ट्वीट गर्दै ज्ञवालीले ‘अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिबाहिर रहेन’ भन्दै यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्री केपी ओलीलाई जाने बताउनुभएको छ । सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएको थियो । सोही अनुसार आज प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले राष्ट्रिय सभागृहमा हुने सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीकै पहलमा तराईमा पृथकतावादी गतिविधि गरिरहेको सीके राउत समूह गतवर्ष वार्तामा आएको थियो । त्यसयता तराईमा पृथकतावादी गतिविधि खुल्लारुपमा भएको छैन । पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि हुन्। अब कोही पनि राष्ट्रिय एकता,संविधान र शान्तिपूर्ण राजनीतिबाहिर रहेन।+ — Pradeep Gyawali (@PradeepgyawaliK) March 5, 2021

सम्बन्धित सामग्री

जनमतका अध्यक्ष राउत र नाउपाका संस्थापक नेता रेशम चौधरीबीच भेटवार्ता

काठमाडौ ३२ जेठ । जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशम लाल चौधरीबीच भेटवार्ता भएको छ । आज(मगंलवार) भएको भेटवार्तामा समसामायीक राजनीति र मोर्चाबन्दीबारे छलफल भएको बताईएको छ ।

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । जनमत पार्टी अध्यक्ष डा. सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ। अध्यक्ष राउतलाई भेट्न राजदूत थम्पसन जनमत पार्टी कार्यालय बुद्धनगर पुगेका थिए। भेटवार्तामा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ। राजदूत थम्पसनले पछिल्लो समय राजनीति भेटवार्तालाई बढाइरहेका छन्।

नसच्चिए राजनीतिक दलहरुप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ : सिके राउत

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आउनुभएका चन्द्रकान्त (सिके) राउतको जनमत पार्टी पनि यसपटक राष्ट्रिय पार्टीको मान्यताका साथ सदनमा प्रवेश गर्दैछ । लाउड स्पिकर चुनाव चिह्नमार्फत प्रत्यक्षतर्फ एक सिट …

डा. सिके राउत : प्रतिकूल चुनावी गणित, विकल्प खोजिरहेका मतदाताको आशा

‘स्वराज’को नारा लगाएर नेपाली राजनीतिमा आएका ३६ वर्षीय डा. सिके राउत सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । एक दशक लामो राजनीतिक अनुभव र संगठनको बलमा उनी चुनावी मैदानमा छन् । जनमत पार्टीको अध्यक्ष रहेका राउत सप्तरी, महदेवाका स्थायी बासिन्दा हुन् । बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गरेका राउतले अमेरिकामा काम गरे । राजनीति गर्ने उद्देश्यले […]

फेरि समस्या बन्दै सिके राउत, बेलैमा नियन्त्रण जरुरी

नेपालमा हिंसाको राजनीति पहिल्यै फ्लप भइसकेको छ । १० वर्ष घोषित जनयुद्ध लडेको पार्टी अन्ततः हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा अवतरण भइसक्यो । अब फेरि हिंसाकै बलमा सत्ता कब्जा गर्ने सपना कसैले नदेखे हुन्छ ।

विप्लव समूहलाई सरकारमा सहभागी गराउनेसम्मको ओलीको तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउत समूहलाई राजनीतिको मूलधारमा ल्याएर सबैलाई चक्मा दिएका थिए । पश्चिमा शक्तिहरुसँग नजिक रहेका राउतले राष्ट्रिय अखण्डतामाथि धावा बोलिरहेका बेला गृहमन्त्री रामबहादुर थापालाई प्रयोग गरी ओलीले दुई वर्ष अघि राउत समूहलाई राष्ट्रिय अखण्डता र स्वाधिनता तथा यही संविधान अन्तर्गत दल दर्ता गरेर राजनीति गर्न सहमति गराएका थिए ।

के गर्दै छन् सिके राउत ?

पृथकतावादी धारको राजनीति त्यागेका डा. सिके राउत नेतृत्वको जनमत पार्टीको काठमाडौं मित्रपार्कस्थित सम्पर्क

मधेशमा जनमत स‌ंग्रहकाे कल्पना गर्न सकिँदैन: कांग्रेस नेता जाेशी

सर्लाही –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले चन्द्रकान्त राउत (सिके राउत)सँग  सरकारले गरेको वार्ता सकारात्मक भए पनि जनमत संग्रहको कल्पना गर्न नसकिने बताउनुभएकाे छ । संविधानले दिएको अधिकार  प्रयोग गरेर  देशमा सबै नागरिकले राजनीति गर्नसक्ने बताउँदै उहाँले जनमतसंग्र...

स्वागतयोग्य सम्झौताका शब्दमा शंका

सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएपछि नेपालको राजनीति तरंगित भएको छ । अघिल्लो दिन सर्वोच्च अदालतको आदेशपछि रिहा भएका राउतसँग भोलिपल्टै सरकारले महत्वका साथ सहमति गरेपछि सत्तारुढ दलभित्रै पनि असन्तुष्टि देखिएको छ । प्रतिपक्षी दलहरूले विखण्डनको माग त्याग्नु स्वागतयोग्य भए पनि सहमतिमा प्रयोग भएका भाषालाई भने शंकाको दृष्टिकोणले हेरिरहेका छन् । देशद्रोहको आरोपमा पटक पटक गिरफ्तार हुँदै आएका राउतले आफू बुद्धको सन्तान भएको भन्दै मूलधारको राजनीतिमा आउने संकेत गरे । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री ओली र सिके राउत एउटै मञ्चमा, राउतले त्यागे विखण्डनको राजनीति

काठमाडौं । स्वतन्त्र मधेसको माग राख्दै विखण्डनकारी गतिविधि गर्दै डा. सिके राउतले मुलधारको राजनीति थाल्ने भएका छन् । उनले आजै...