क्यानको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् । पर्यटन मन्त्रालयले क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिन गरेको सिफारिसका आधारमा महानिर्देशक पोखरेलले राती नै उनलाई निमित्त महानिर्देशक नियुक्त गरेका हुन् । अब मन्त्रिपरिषद्को बैठकले निणर्य गरेपछि मात्रै उनी महानिर्देशकमा नियुक्त हुनेछन् । महानिर्देशकका लागि १२ तहका ६ जना उपमहानिर्देशक रहेपनि ४ जनाले असोज ७ गते महानिर्देशक पोखरेलसँगै अवकास पाउँदैछन् । बाँकी रहेका उपनिर्देशकमध्ये क्षेत्री सिनियर भएकाले उनलाई निमित्त महानिर्देशक बनाईएको हो । उनीसँगै भोला गुरागाईं महानिर्देशकको दावेदार छन् ।महानिर्देशक पोखरेलले असोज ७ गते आवकास पाउँदैछन् । उनले त्यसको २ दिन अघि राजीनामा दिएका हुन् । उनी २०७६ असार १३ गते महानिर्देशक बनेका थिए ।

सम्बन्धित सामग्री

क्यानको महानिर्देशक प्रधानमन्त्रीले सोझै नियुक्त गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक सिधै नियुक्त गर्ने भएका छन् । पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद बैठकबाट सिधै महानिर्देशक नियुक्त गर्ने भएका हुन् ।पर्यटन मन्त्रालय माधब नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । तर, मन्त्री नियुक्त भईसकेका छैनन् । जसका कारण उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । मन्त्री नभएका कारण मन्त्रालयले महानिर्देशकमा यसपटक कसैको पनि नाम सिफारिस नगर्ने भएको हो । मन्त्री नभएको अवस्थामा सिधै प्रधानमन्त्रीले नै महानिर्देशक नियुक्त गर्ने व्यवस्था भएकोले यसपटक मन्त्रिपरिषदमा कसैको नाम सिफारिस हुने छैन ।महानिर्देशकको दौडमा निमित्त महानिर्देशक राजकुमार क्षेत्री, उपमहानिर्देशक भोलाप्रसाद गुरागाई र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारी छन् ।

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाण्डाै – हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बन्नुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको जनाएको छ । निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराक...

राजकुमार क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

राजकुमार क्षेत्री नेपाल नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक बनेका छन्। महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ।

राजकुमार क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

काठमाडौं । नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक पदबाट राजन पोख्रेलले राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् । क्षेत्रीलाई निमित्त महानिर्देशकका रुपमा पर्यटन मन्त्रालयको सिफारिसमा महानिर्देशकले हिजै राती नियुत्ति गरेका हुन् । उनी पूर्ण महानिर्देशकमा नियुक्त हुनका लागि मन्त्रिपरिषद्को बैठकले निणर्य गर्नुपर्ने हुन्छ । क्षेत्रीले आगामी पुसमा अवकास पाउँदैछन् । प्राधिकरणको महानिर्देशकमा नियुक्त […]