क्यानको महानिर्देशक प्रधानमन्त्रीले सोझै नियुक्त गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक सिधै नियुक्त गर्ने भएका छन् । पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद बैठकबाट सिधै महानिर्देशक नियुक्त गर्ने भएका हुन् ।पर्यटन मन्त्रालय माधब नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । तर, मन्त्री नियुक्त भईसकेका छैनन् । जसका कारण उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । मन्त्री नभएका कारण मन्त्रालयले महानिर्देशकमा यसपटक कसैको पनि नाम सिफारिस नगर्ने भएको हो । मन्त्री नभएको अवस्थामा सिधै प्रधानमन्त्रीले नै महानिर्देशक नियुक्त गर्ने व्यवस्था भएकोले यसपटक मन्त्रिपरिषदमा कसैको नाम सिफारिस हुने छैन ।महानिर्देशकको दौडमा निमित्त महानिर्देशक राजकुमार क्षेत्री, उपमहानिर्देशक भोलाप्रसाद गुरागाई र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारी छन् । 

सम्बन्धित सामग्री

सिबिआइएल क्यापिटलको अध्यक्षमा काफ्ले नियुक्त

सिबिआइएल क्यापिटल लिमिटेडको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन्। विशेष साधारण सभाबाट नियुक्त भएका संचालकहरुमध्ये सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट मनोनित संचालक सदस्य काफ्ले अध्यक्षमा नियुक्त भएका हुन्। संस्थाको १०५औं संचालक...

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

काठमाडौं : सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त भएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई आज महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेकी हुन्। यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले पदबाट राजीनामा दिएपछि पोखरेल महान्यायाधिवक्ता नियुक्त भएका हुन्।

राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले दुई देशका लागि आवासीय र दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी हुन्।उनले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोष्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन्।त्यसैगरी राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसिय

तीन देशका राजदुत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका राजदुत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन,नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति...

तीन देशमा राजदूत नियुक्त

२४ असार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति […]

श्रीधर खत्री अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । नव नियुक्त […]

आचार्य बेलायतको राजदूत नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द आचार्यलाई बेलायतको राजदूत नियुक्त गरेकी छन्। संसदीय सुनुवाइबाट अनुमोदन भएको करिब डेढ महिनापछि आचार्य राजदूत नियुक्त भएका हुन्।  संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्।

मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त

मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई) का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारीसमेत राजाले दिएका छन् । यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरवारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ । निर्वाचनमा उनको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा निय

प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हारिरहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरिरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपतिभण्डारीले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । यही भदौ २४ गतेबाट लागु हुनेगरी उनलाई प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

महान्यायाधिवक्तामा खाती नियुक्त

काठमाडौँ । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।