सप्तकोसीमा खतराको रातो बत्ती, इटहरीका अधिकांश भाग डुबानमा

विराटनगर । लागतारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शनिबार बिहान यो वर्षकै उच्च बहाव मापन गरिएपछि सप्तकोसी ब्यारेजमा खतराको रातो बत्ती बालिएको छ । शनिबार नदीमा पानीको बहाव दुई लाख ३१ हजार ६५५ क्युसेक प्रतिसेकेन्ड पुगेपछि ब्यारेजका ३० वटा ढोका खोलिएको छ । आवश्यकताअनुसार थप ढोका खोल्न भारतीय...

सम्बन्धित सामग्री

सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न अनेरास्ववियुको माग

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न आग्रह गरेको छ । भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको भन्दै अनेरास्ववियुले विज्ञप्तिमार्फत सबै ढोका खुला गर्न आग्रह गरेको हो । ‘कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बलिसक्दा पनि भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ’, अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढी र डुबानका कारण ठूलो

सप्तरीमा ३ सय घर डुबानमा : सप्तकोशीमा पानीको बहाव २ लाख क्युसिक

सप्तरी – सप्तकोशीका सहायक नदीहरुका आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाले गर्दा सप्तकोशी ब्यारेजमा पूर्व पश्चिम दुवैतिर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । निरन्तरको वर्षाको कारण पानीको बहाव शनिबार मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसिक पानीको बहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ । लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । सप्तकोशीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परे...