घर फर्कने क्रममा खाेलाले बगाउँदा अछाममा १ महिला बेपत्ता

अछाम – अछामकाे मंगलसेन नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने तापिरवा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।  खाेलाले बगाउँदा मंगलसेन वडा नम्बर ११ गिटिखौलाकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी प्रहरीले जनाएकाे छ । आज दिउँसाे २ बजेतिर बयलपाटाबाट घर फर्कने क्रममा उनलाई खोलाले बगाएको हो ।  अहिले नेपाल प्रहरी र स्थानीयवासीले कैलाश खोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर बेपत्ताको खोजी गरिरहेकाे छ । 

सम्बन्धित सामग्री

खोलामा बगेर एक महिला बेपत्ता

धनगढी– खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाका–११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन् । उनलाई बयलपाटाबाट घर फर्कने क्रममा शुक्रबार दिउँसो २ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले प्रहरी र स्थानीयले खोजी […]

मकवानपुरमा दुई महिलालाई खोलाले बगायो : एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-१० स्थित मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छन्। शनिवार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा साँझ करिब ६ बजे कैलाश-१० की ४० वर्षीय माइलीमाया जिम्बा र ३० वर्षीया सन्चमाया प्रजालाई खोलाले बगाएको हो। खोलाले बगाएर…