किन क्षयीकरण हुँदैछ मुख्य सचिवको भूमिका?

काठमाडौँ – कुनै समय थियो निजामति सेवामा मुख्य सचिव शक्तिशाली थिए । पञ्चायतकाल होस् वा प्रजातन्त्र स्थापना पछि पनि मुख्य सचिव कमजोर थिएनन् । नेतृत्वकर्ताको भूमिकामा देखिन्थे । वेथिति नियन्त्रणमा प्रभावकारी भूमिकामा खेल्थे । तर पछिल्लो समय मुख्य सचिव शक्तिविहीन झै छन् । निजामति प्रशासनको अभिभावक मानिने मुख्य सचिवको भूमिका नै देखिन छाडेको छ । […]

सम्बन्धित सामग्री

वैचारिक राजनीतिको क्षयीकरण र भत्किंदा सामाजिक संस्थाहरू

७० को दशकमा उल्लेख्य रूपमा राजनीतिक मूल्य-मान्यतामा क्षयीकरण भयो । तीव्र बसाइँसराइले सामाजिक संस्थाहरू भत्किने क्रममा रहे । गाउँ युवा र बालबालिकाविहीन वृद्ध बस्तीमा रूपान्तरण हुनपुगे ।

नेतृत्वको निहित स्वार्थले न्यायपालिकामा क्षयीकरण

न्यायाधीशको नियुक्ति ज्यादै विवादमा परेकाले न्यायपालिकाको काम–कारबाही सधैं आलोचना र टिप्पणीको विषय बनिनै रह्यो। अहिलेको अवस्थामा झन् बढी विवाद भई न्यायपालिकाको स्वतन्त्रता र मर्यादामा नै क्षयीकरण भएको अवस्था छ।

आयात प्रतिबन्धले पनि रोकिएन विदेशी मुद्रा सञ्चितिकाे क्षयीकरण

सरकारले विदेशी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाए पनि विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको छैन। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको...

संस्थागत क्षयीकरणले ठूलो दुर्घटना निम्त्याउने चेतावनी

संस्थागत क्षयीकरणले मुलुक आर्थिक रूपमा समस्यामा पर्न सक्ने अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।अर्थ मन्त्रालयलगायतका संस्थाको व्यावसायिकतामा क्षयीकरण भएका कारण नीतिगत पृष्ठपोषण हुन नसकेको, अध्ययन–अनुसन्धान, संयोजन, समन्वयकारी भूमिका केन्द्रित गर्नुपर्ने संस्थाहरू क्रमशः क्षयीकरण हुँदै जाँदा मुलुक दुर्घटनामा पर्न सक्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार डा. […]

लोकतन्त्रको क्षयीकरण

मानिसलाई क्षयरोग लागेसरह राजनीतिमा पनि क्षयीकरण हुन्छ । शक्तिको क्षयीकरण सम्बन्धी व्याख्या सधैं हुने गरेको छ । राजनीतिमा क्षयीकरण कसरी हुन्छ त ? दिशाविहीनतासँगै राजनीतिमा क्षयीकरणको सुरुआत हुन्छ । मुद्दा ओझेलमा पर्ने अनि दल र सरकारका सबै संरचना गल्दै जाने हुन्छ, मान्छेको शरीर गतिहीन भएसरह । अनि सम्पूर्ण उद्देश्य हराई कोरा शासन गर्ने परिपाटी बस्छ जुन क्षणिक हुन्छ ।

निजामती सेवाको क्षयीकरण

शासनमा प्रशासन होइन, राजनीति अगाडि देखिन्छ। तर राजनीतिले आफ्नो दर्पण प्रशासनमा हेर्ने गर्छ । त्यसैले राजनीति र प्रशासनको सम्बन्धको विषयमा थुप्रै सैद्धान्तिक र व्यवहारिक बहस भएका छन् । विड्रराे विल्सनले राजनीतिभित्र प्रशासनको अन्त्यको घोषणा गरेका थिएनन्, राजनीति र प्रशासनको भूमिका प्रष्ट पारेका थिए । ‘राजनीतिभित्र प्रशासन र प्रशासनभित्र राजनीतिको अस्तित्व समान छ’, उनले भनेका थिए […]

महाकाली सिँचाइ तेस्रो चरण निर्माणमा अवरोध

महाकाली र जोगबुढा नदीले उर्वरा भूमि क्षयीकरण भएको भन्दै नहरभन्दा तटबन्ध बनाउन स्थानीयको माग महाकाली सिँचाइ तेस्रो चरणले कञ्चनपुरको दोधारा–चाँदनीमा सिँचाइका लागि नहर निर्माण गर्न सर्भे सुरु गरेपछि स्थानीयले अवरोध गरेका...

शान्तिप्रक्रियामा माओवादी: अजेन्डा स्थापित, विचारमा विचलन

विस्तृत शान्तिप्रक्रियाको डेढ दशकको समय मुलुक माओवादीकै अजेन्डामा अघि बढिरहेको देखिन्छ। तर माओवादीचाहिँ सत्ता र शक्तिमै लागेका कारण क्षयीकरण हुँदै गएको छ।...

जनगणनामा हिन्दू धर्मको क्षयीकरण

वि.सं. २०६८ को तथ्यांकअनुसार दश वटा धार्मिक समुदाय छन्; हिन्दू, बौद्ध, इस्लाम, किरात, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख । आगामी जनगणनाको मुख्य प्रश्नावलीमा तिनै धर्मका संकेत (कोड नम्बर) राखिएका छन् । जनसांख्यिक फारामको महलमा ‘… ले कुन धर्म मान्नु हुन्छ ?’ प्रश्न समावेश गरिएको छ । जनगणनाको प्रमुख उद्देश्य जनसंख्याको प्रवृत्ति र विशेषताहरूको […]

हाम्रो संसदको अधिकार क्षयीकरण हुँदैछ

जानेमानेका संविधानविद डा. विपिन अधिकारीको निष्कर्ष अनुसार सरकारले संसदलाई आफू अनुकूल मात्रै उपयोग गर्न थालेको छ । यस मामिलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बराबर देखिएका छन् । संसदलाई छल्न सकिनेसम्म छल्ने र संवैधानिक प्रावधानअनुसार नगरी नहुने अवस्थामा मात्र संसद उपयोग गर्ने नीति सरकारहरूको देखियो । संघीय संसदको नवौँ अधिवेशन […]