मानिसलाई क्षयरोग लागेसरह राजनीतिमा पनि क्षयीकरण हुन्छ । शक्तिको क्षयीकरण सम्बन्धी व्याख्या सधैं हुने गरेको छ । राजनीतिमा क्षयीकरण कसरी हुन्छ त ? दिशाविहीनतासँगै राजनीतिमा क्षयीकरणको सुरुआत हुन्छ । मुद्दा ओझेलमा पर्ने अनि दल र सरकारका सबै संरचना गल्दै जाने हुन्छ, मान्छेको शरीर गतिहीन भएसरह । अनि सम्पूर्ण उद्देश्य हराई कोरा शासन गर्ने परिपाटी बस्छ जुन क्षणिक हुन्छ ।