हेटौँडाको मुख्य सडक ५० मिटर फराकिलो बनाउन केन्द्र सरकारको मुख ताक्दै मेयर लामा

मेयर लामालाई सडक विस्तारमा केन्द्र सरकारले सहयोग गर्ने विश्वास छ । उनलाई विगतमा केन्द्र सरकारकै असहयोगले काम हुन नसकेको पनि सम्झना छ ।

सम्बन्धित सामग्री

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ, चैत १६ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताए । अब दुवै पुलको सडक संरचना (एप्रोच […]

काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार ५१३ रुख काटिने

बेलबारी (मोरङ) । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम शुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ ।  काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।  सडक क्षेत्रबाट ३५ मिटर क्षेत्रभित्र पर्ने रुख मात्र काटिने र काटिएका रुखको दश गुणाबढी बिरुवा रोपिने उनले बताए ।   डिभिजन वन कार्यालय, मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा पाँच हजार पाँच सय ५६ वटा रुख पर्छन् । मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सवडिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखको धमाधम छपान गरिरहेको यादवले बताए । पाँचवटै सव डिभिजन वन कार्यालयबाट चार÷पाँच जना जनशक्ति परिचालन गरी रुख छपान गर्ने काम भइरहेको छ । सडक दुई खण्डमा ठेक्का लागेको छ । काकरभिट्टाबाट दमकसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ ।  सडक आयोजना इटहरी कार्यालयका प्रमुख प्रजापतिका अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाएको छ । ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ भने ० देखि ४५ किमिसम्म,४५ देखि ८५ किमिसम्म र ८५ देखि ९७ दशमलव सात सय ७० किमिसम्म पाँच वटा ठेक्का लागेको छ ।  निन्दा, विरिङ, कन्काई पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ । यी ६ वटा पुल तीन सय मिटरभन्दा लामा छन् ।  काम छिटो सम्पन्न गर्न अलगअलग टेण्डर आह्वान भएको आयोजना प्रमुख प्रजापतिले बताए ।   तीन वर्गमा निर्माण हुने सडक बजार, जङ्गल र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ । सडक क्षेत्रमा रहेका चार सय चार वटा अस्थायी संरचना हटाउनु पर्नेछ ।   सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकैपटक काम शुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेका ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन्  ।  नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले संयुक्तरूपमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको आयोजना दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए । रासस

बजार क्षेत्रमा सडक विस्तार अब रोक्न सकिँदैन : मेयर लामा

हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रको राष्ट्रिय राजमार्गमा जोडिएका मापदण्डविपरीतका संरचना हटाउने कामलाई २५ मिटर सडक विस्तारको तयारीका रुपमा बुझ्न आग्रह गरेको छ। उपमहानगरपालिकाकी मेयर मिना लामाले राजमार्गसँगैका घरटहरासँग जोडिएका मापदण्डविपीितका संरचना हटाउने...

बेनी–तातोपानी सडक कालोपत्र

म्याग्दी । प्राकृतिक उपचारस्थलको रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–तातोपानी खण्डको सडक कालोपत्र सकिएको जानकारी दिए । ‘पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ,’ उनले भने, ‘११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।’ ९ किलोमिटर दूरीमा डीबीएसटी प्रविधिको कालोपत्र गरिएको उनले बताए । सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । कच्ची सडक हुँदा बेनीदेखि तातोपानी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमा पुग्न सकिने भएको यातायात व्यवसायीले बताएका छन् । ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले गत चैतदेखि सुरु गरिएको कालोपत्रको काम करीब दुई महीनामा सकिएको बताए । ‘तातोपानीदेखि सिमसम्मको थप तीन किलोमिटर सडक विस्तार सकेर पर्खाल र नाली निर्माण अन्तिम चरणमा पुर्‍याएका छौं,’ उनले भने, ‘काम गरे पनि बजेट अभावमा पेश गरेको बिलको भुक्तानी पाउन सकेका छैनौं ।’ २०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा र निर्माण कम्पनीले उपकरण र मजदूर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । जिल्लाको ‘लाइफ लाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर सडक खण्ड कालोपत्र गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मङ्गला गाउँपालिका–२ बाबियाचौरका श्रीराम पौडेलले बताए । यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ । मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन् । रासस

इमाडोल–लामाटार सडक विस्तार सम्पन्न हुँदै

काठमाडौं । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडकको काम अन्तिममा पुगेको छ । झण्डै पाँच वर्ष पहिले थालिएको सो सडक विस्तारको काम ९५ प्रतिशत सकिएको छ ।      सडकमा अहिले अन्तिम काम मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । डिभिजन सडक कार्यालय ललितपुरले गोदावरी पुल नजिकै निर्माण गर्नुपर्ने भए पनि नगरेकाले अहिले आयोजनाले नै गरिरहेको छ । पहिले घर भत्काउन बाँकी भएकाले निर्माण अघि बढ्न सकेको थिएन भने अहिले सो स्थानमा घर भत्किसकेको छ । विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । दुई वर्ष पहिले सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको हो ।      तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले बताएको छ । सडकको चौडाइ कम भएकै कारण पैदल यात्रुमार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको छ । उपलब्ध चौडाइमा निर्माण गर्दा बजार क्षेत्रमा चौडाइ अति कम छ ।      आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे–समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी तथा लामा र समानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो ।      आयोजनाले उपत्यकाका दश सडकमा विस्तारको काम गरिरहेकामा अहिलेसम्म दुई सडक मात्रै सम्पन्न भएका छन् । पहिलो वर्ष जग्गा प्राप्त हुन नसक्दा सडक निर्माण शुरू हुनै सकेको थिएन । उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् । आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधीन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ । रासस

इमाडोल–लामाटार सडक निर्माण अन्तिम चरणमा

मंसिर २८, काठमाडौं । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक निर्माण अन्तिम चरणमा पुगेको छ । झण्डै पाँच वर्ष पहिले निर्माण शुरु भएको सो सडकमा झण्डै ९५ प्रतिशत सकिएको छ । सडकमा अहिले अन्तिम काम मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । डिभिजन सडक कार्यालय ललितपुरले गोदावरी पुल नजिकै निर्माण गर्नुपर्ने भएपनि नगरेकाले अहिले आयोजनाले नै गरिरहेको छ ।  पहिले घर भत्काउन बाँकी भएकाले निर्माण अघि बढ्न सकेको थिएन भने अहिले सो स्थानमा घर भत्किसकेको छ । उनले भने, ‘निर्माणस्थल खाली भइसकेकाले अहिले काम भइरहेको छ ।’ विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । दुई वर्ष पहिले सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको हो ।  तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले जानकारी दिएको छ । सडकको चौडाइ कम भएकै कारण पैदल यात्रुमार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन ।  सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको छ । उपलब्ध चौडाइमा निर्माण गर्दा बजार क्षेत्रमा चौडाइ अति कम छ ।  आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे–समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी तथा लामा र समानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो ।  आयोजनाले उपत्यकाका दश ओटा सडकमा विस्तारको काम गरिरहेकोमा अहिलेसम्म दुई सडक मात्रै सम्पन्न भएका छन् । शुरुका वर्षमा जग्गा प्राप्त हुन नसक्दा सडक निर्माण शुरु हुनै सकेको थिएन ।  उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् । आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधिन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ । रासस

३ वर्षमा पनि पूरा भएन जोरपाटी–साँखु सडक कालोपत्र

काठमाडौं । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नू भनी सरकारले निर्णय गरेको तीन वर्ष बित्न लाग्दासमेत जोरपाटी–साँखु सडक कालोपत्र भइसकेको छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडकमा केन्द्रबिन्दुबाट ११/११ मिटर बढाएर कालोपत्र गर्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम शुरू गरेको सात वर्षसम्म पनि सडकको काम अलपत्र छ । यसबीचमा सडक किनारमा घरजग्गा भएका स्थानीयले सर्वोच्चमा मुद्दा हाले । कति मुद्दाको अझै फैसला नभएकाले पनि काममा ढिलाइ भएको सडक विभागले बताएको छ । सर्वाेच्च अदालतले घर जग्गाकै मुआब्जा दिएर मात्र सडक विस्तार गर्नु भनी सरकारलाई २०७४ असोजमा आदेश दियो । सरकारले पुनरवलोकनको माग गरेकोमा मुआब्जा नै दिनू भन्ने आदेश भएको थियो । यसपछि सरकारले चाबहिल–जोरपाटी–साँखु र त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको पनि तीन वर्ष बितिसकेको छ । सडक कालोपत्र नहुँदा स्थानीयवासी एवं सडक प्रयोगकर्ताले सास्ती भोगिरहेका छन् । स्थानीयवासी जनार्दन पुडासैनी हिउँदमा धूलो र वर्षामा हिलोका कारण सडकमा निस्कनै नसक्ने अवस्था रहेको बताउँछन् । सडक विस्तारका लागि ‘राइट अप क्लियर’ नगरी ठेक्का गर्दा समस्या आएको हो । एउटा समूह सडक छिटो बनाऊ भन्ने र अर्काे समूह सर्वाेच्चको आदेश कार्यान्वयन गर भन्ने गर्दा सवारी एवं यात्रु भने असहज रूपमा यात्रा गर्न बाध्य छन् । सर्वाेच्च अदालतको फैसलापछि सडक दायाँबायाँका स्थानीयवासीले घरघरमा कालो ब्यानरमा मुआब्जा दिएरमात्र सडक विस्तार गर भन्दै विरोध गर्दै आएका छन् । दक्षिणढोकामा पुलको चौडाइ सानो हुँदा गोकर्ण जंगलतिरबाट आउने खोलाको बाढीले वर्षात्मा यहाँको बस्ती डुब्ने गरेको गोकर्णेश्वर नगरपालिका– ७ का अध्यक्ष केशव गुरुङको गुनासो छ । दक्षिणढोका पुल क्षेत्रमा सडक विस्तार भए पनि पुलको चौडाइ विस्तार भएको छैन । पुल नबढ्दा यहाँ घण्टौंसम्म पनि सडक जाम हुने गरेको छ । यो सडकमा अन्य स्थानका साना खहरेका पुल विस्तार हुन सकेको छैन । तिवारीटोल, थली एवं डाँछी बजारका स्थानीयवासीले घरजग्गाको मुआब्जा माग गर्दै सडक विस्तार गर्न मानेका छैनन् । स्थानीयवासीको मागकै कारण यी क्षेत्रका सडक विस्तार नहुँदा जीर्ण बनेका छन् । थली क्षेत्रमा पछिल्लो समय घर भत्काउन पैसा बुझेका केही भने भत्केका छन् । शंखरापुर नगरपालिकाको सलम्बुटार क्षेत्रमा वनका रूख कटानको आदेश लिन नै तीन वर्ष लागेको थियो । त्यसका कारण यस क्षेत्रमा सार्वजनिक जग्गा भए पनि काममा भने ढिलाइ भयो । चाबहिलबाट बागमती पुलसम्मको ३ दशमलव ६ किमी खण्डमा युनाइटेड बिल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले काम गरेकोमा यो काम करिब सम्पन्न भएको छ । यो खण्डमा कालोपत्र भएको एक वर्ष पनि नपुग्दै खाल्डाखुल्डी बनेका छन् । दक्षिणढोकाबाट थली उकालोसम्म २.४ किमी दूरीमा बज्रगुरु÷च्याङमिला÷खानी जेभीको ठेक्का छ । यो ठेक्काको तिवारीटोल क्षेत्रमा अझै कालोपत्र नहुँदा सवारी दुर्घटनामा पर्ने गरेका छन् । स्थानीयवासी राजेन्द्र सापकोटा हिउँदमा समेत पानी जम्ने यो स्थानमा उपलब्ध सडकमै पानी अन्यत्र कटाएर कालोपत्र हुन नसकेको बताउँछन् । थलीबाट डाँछी तीन किमी दूरीमा बज्रगुरु/बिरुवा/खानी जेभी, डाँछीबाट सलम्बुटार वनको बीच सडकसम्म बिटी÷सुनकोशी÷वल्र्डवाइड जेभी र त्यहाँबाट साँखुसम्मको एक किमी सडकमा लामा÷समानान्तर जेभीले ठेक्का पाएका छन् । कुल १२.५ किमीको यो सडक विस्तारको काम ठेक्का भएको ५ वर्ष पूरा हुँदा समेत सकिएको छैन । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल उपलब्ध सडकमै कालोपत्र गर्नू भनी सरकारले निर्णय गरिसकेका अवस्थामा पानीको निकास, ह्युमपाइप राख्न नदिनेलगायत समस्याका कारण ढिला भएको स्वीकार्छन् । जोरपाटी–साँखु सडकमा अरू मुद्दा पनि फैसला नभइसकेकाले काममा ढिलाइ भएको उनले बताए । दुई वर्षअघिदेखि भने कोरोना भाइरसका कारण पनि सडक आयोजननाका काममा ढिलाइ भएको विभागले बताएको छ । रासस

बेनी–तातोपानी सडक खण्डको निर्माण धमाधम

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको छ । सहायक ठेकेदारले अपूरो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन गत भदौमा काममा फर्किएका मुख्य ठेकेदारले अहिले कामलाई तीव्र बनाएका हुन् । समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तर निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले बेनीदेखि तातोपानीसम्म सात ठाउँमा मजदूर र उपकरण परिचालन गरिएको बताए । उपकरण र मजदूरको संख्या बढाएर फरकफरक ठाउँमा परिचालन गरिएको उनको भनाइ छ । ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरी बेस र सब बेस उत्पादन गरेर सडकमा बिछ्याउने तयारी भएको उनले बताए । नदीजन्य वस्तुको अभाव भएको भन्दै उनले बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरमा सडक ढलान भइसकेको जानकारी दिए । बाह्र किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्र गर्ने ठेक्का लिएर अलपत्र पारेकाले लामा निर्माण कम्पनीका सञ्चालक जिपछिरिङ लामाको तस्विर सडकमा झुन्ड्याएर स्थानीयवासीले हालै विरोध व्यक्त गरेका थिए । २०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक निर्माण २०७६ माघ ४ गते सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले बताएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले पछिल्लोपटक आगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको बताए । चौथोपटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाइफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । बेनी–तातोपानी खण्डको सडक विस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो । बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम शुरू गरेको ठेकेदार कम्पनीका व्यवस्थापक सदाले बताए । बेनी–तातोपानी खण्डमा कालोपत्र र तातोपानी–सिम खण्डमा विस्तार, पर्खाल र नाली निर्माण शुरू गर्ने उनले बताए । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरबाङसम्म आठ किलोमिटरखण्ड सडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले बताएको छ । रासस

शहरी सडक निर्माणले गति लिन सकेन

कैलाली । कैलाली र कञ्चनपरका स्थानीय तहमा निर्माणाधीन आधुनिक शहरी सडक निर्माणले गति लिन सकेको छैन । स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो सोअन्तर्गतका योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो । ती दुई जिल्लामा योजना कार्यान्वयनको एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको संघीय आयोजना कार्यान्वयन एकाइ कैलालीले बताएको छ । चौबीस महिनामा निर्माण सम्पन्न गरिसक्नेगरी २०७७ असारमा ती योजनाको सम्झौता गरिएको थियो । काम शुरू भएका ती योजनाको भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशतमात्रै रहेको बताइएको छ । कैलालीका दुई र कञ्चनपुरका दुई स्थानीय तहमा ११ अर्ब बजेटमा अत्याधुनिक शहरी सडक र एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने क्षेत्रीय शहरी विकास आयोजना लागू गरिएको छ । आयोजनाका अनुसार धनगढी उपमहानगरपालिकामा पहिलो चरणमा निर्माण गर्न थालिएको सडकको भौतिक प्रगति २० र वित्तीय प्रगति १७, गोदावरी नगरपालिकामा भौतिक प्रगति १८ र वित्तीय प्रगति १५, शुक्लाफाँटा नगरपालिकामा भौतिक प्रगति ३४ र वित्तीय प्रगति ३० तथा भीमदत्त नगरपालिकामा भौतिक प्रगति २१ र वित्तीय प्रगति १० प्रतिशत भएको छ । धनगढी उपमहानगरपालिकामा कालिका कन्स्ट्रक्शनले सातओटा सडकको जम्मा १०.२४ किलोमिटर खण्ड ७६ करोड ६ लाखमा काम गरिरहेको छ । सात सडकमध्ये चार सडकमा मात्रै काम सुरु भएको आयोजनाले बताएको छ । तीन दशमलव ६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ७०० मिटर क्याम्पस रोड–जाखोरताल, ८७० मिटर डिभोटी–पिपलचौतारा र १ दशमलव १५ किलोमिटरको हसनपुर रोड बनिरहेको छ भने २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च रोड, १ दशमलव ३८ किलोमिटरको चौराहा–कैलालीनाला (चार लेन) ४३० मिटरको मालपोत रोडमा काम शुरू भएको छैन । कैलालीको गोदावरी नगरपालिकामा पनि कालिका कन्स्ट्रक्शनले  ओटा सडकको १६ किलोमिटर खण्ड ४८ करोड १७ लाखमा निर्माण गर्ने सम्झौता गरेको छ । गेटा आँखा अस्पतालबाट जोनापुर, जोनापुरबाट कत्था उद्योग, गेटा आँखा अस्पतालबाट लालपुर, लालपुरबाट गौरी, सिर्जनानगरबाट चौकीडाँडा र चौकीडाँडाबाट चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको संघीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख प्रविन शाहले बताए । यसैगरी शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाखमा ४ दशमलव ७७ किलोमिटरका तीन सडक निर्माण गरिरहेको छ । झलारीबाट फुलेली, शुक्लाफाँटा नगरपालिका र पिपलाडीसम्मको तीनओटै सडकमा काम भइरहेको छ । भीमदत्त नगरपालिकामा जेडआईईसी लामा कन्स्ट्रक्शनले ८७ करोडमा १४ किलोमिटरका १९ सडक निर्माण गरिरहेको छ । तीमध्ये दुई सडक मदनचोक–दशरथ चोकर ट्राफिक चोक–बीपी चोक सडक चार लेनको बन्ने आयोजना प्रमुख शाहको भनाइ छ । कोरोना महामारी र अन्य कारणले निर्माण कम्पनीहरूले समयमा काम गर्न नपाएकाले समयमा निर्माणले गति लिन नसकेको उनको भनाइ छ । आयोजना अन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना छ । पहिलो चरणको निर्माण सम्पन्न गरिसकेपछि दोस्रो चरणको निर्माण शुरू गरिने एकाइका इञ्जिनियर पुजन न्यौपानेले जानकारी दिए । सन् २०१५ मा ११ अर्बको लागतमा आधुनिक सडक र प्रत्येक स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने गरी एशियाली विकास बैंक (एडीबी)को ऋण अनुदानमा आयोजना शुरू भएको थियो । रासस

धनगढीको कालोपत्रे ६ महिना नपुग्दै भत्किन थाल्यो

धनगढी : धनगढीको ढुंगेबजार–हनुमान मन्दिर–यातायात कार्यालय हुँदै तारानगर पुग्ने नालीसहितको कालोपत्रे सडक निर्माणका भएको ६ महिना नपुग्दै भत्किन सुरु भएको छ।सडक निर्माणका लागि २०७४ फागुनमा निर्माण सम्झौता भयो। तीन किलोमिटर ३८४ मिटर लामो सडकसहित दुवैतिर नाली निर्माणका लागि लामा–खड्का–कृष्ण जेभीसँग सघन सहरी विकासअन्तर्गत ठेक्का सम्झौता गरिएको थियो। तर, विद्युतका पोलहरु नालीको बीच भागमा राखेर निर्माण गरियो। यसरी निर्माण गरिएपछि पानीको निकास नै रोकिन पुगेको छ।सडक हस्तान्तरण गरेको