शहरी सडक निर्माणले गति लिन सकेन

कैलाली । कैलाली र कञ्चनपरका स्थानीय तहमा निर्माणाधीन आधुनिक शहरी सडक निर्माणले गति लिन सकेको छैन । स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो सोअन्तर्गतका योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो । ती दुई जिल्लामा योजना कार्यान्वयनको एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको संघीय आयोजना कार्यान्वयन एकाइ कैलालीले बताएको छ । चौबीस महिनामा निर्माण सम्पन्न गरिसक्नेगरी २०७७ असारमा ती योजनाको सम्झौता गरिएको थियो । काम शुरू भएका ती योजनाको भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशतमात्रै रहेको बताइएको छ । कैलालीका दुई र कञ्चनपुरका दुई स्थानीय तहमा ११ अर्ब बजेटमा अत्याधुनिक शहरी सडक र एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने क्षेत्रीय शहरी विकास आयोजना लागू गरिएको छ । आयोजनाका अनुसार धनगढी उपमहानगरपालिकामा पहिलो चरणमा निर्माण गर्न थालिएको सडकको भौतिक प्रगति २० र वित्तीय प्रगति १७, गोदावरी नगरपालिकामा भौतिक प्रगति १८ र वित्तीय प्रगति १५, शुक्लाफाँटा नगरपालिकामा भौतिक प्रगति ३४ र वित्तीय प्रगति ३० तथा भीमदत्त नगरपालिकामा भौतिक प्रगति २१ र वित्तीय प्रगति १० प्रतिशत भएको छ । धनगढी उपमहानगरपालिकामा कालिका कन्स्ट्रक्शनले सातओटा सडकको जम्मा १०.२४ किलोमिटर खण्ड ७६ करोड ६ लाखमा काम गरिरहेको छ । सात सडकमध्ये चार सडकमा मात्रै काम सुरु भएको आयोजनाले बताएको छ । तीन दशमलव ६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ७०० मिटर क्याम्पस रोड–जाखोरताल, ८७० मिटर डिभोटी–पिपलचौतारा र १ दशमलव १५ किलोमिटरको हसनपुर रोड बनिरहेको छ भने २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च रोड, १ दशमलव ३८ किलोमिटरको चौराहा–कैलालीनाला (चार लेन) ४३० मिटरको मालपोत रोडमा काम शुरू भएको छैन । कैलालीको गोदावरी नगरपालिकामा पनि कालिका कन्स्ट्रक्शनले  ओटा सडकको १६ किलोमिटर खण्ड ४८ करोड १७ लाखमा निर्माण गर्ने सम्झौता गरेको छ । गेटा आँखा अस्पतालबाट जोनापुर, जोनापुरबाट कत्था उद्योग, गेटा आँखा अस्पतालबाट लालपुर, लालपुरबाट गौरी, सिर्जनानगरबाट चौकीडाँडा र चौकीडाँडाबाट चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको संघीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख प्रविन शाहले बताए । यसैगरी शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाखमा ४ दशमलव ७७ किलोमिटरका तीन सडक निर्माण गरिरहेको छ । झलारीबाट फुलेली, शुक्लाफाँटा नगरपालिका र पिपलाडीसम्मको तीनओटै सडकमा काम भइरहेको छ । भीमदत्त नगरपालिकामा जेडआईईसी लामा कन्स्ट्रक्शनले ८७ करोडमा १४ किलोमिटरका १९ सडक निर्माण गरिरहेको छ । तीमध्ये दुई सडक मदनचोक–दशरथ चोकर ट्राफिक चोक–बीपी चोक सडक चार लेनको बन्ने आयोजना प्रमुख शाहको भनाइ छ । कोरोना महामारी र अन्य कारणले निर्माण कम्पनीहरूले समयमा काम गर्न नपाएकाले समयमा निर्माणले गति लिन नसकेको उनको भनाइ छ । आयोजना अन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना छ । पहिलो चरणको निर्माण सम्पन्न गरिसकेपछि दोस्रो चरणको निर्माण शुरू गरिने एकाइका इञ्जिनियर पुजन न्यौपानेले जानकारी दिए । सन् २०१५ मा ११ अर्बको लागतमा आधुनिक सडक र प्रत्येक स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने गरी एशियाली विकास बैंक (एडीबी)को ऋण अनुदानमा आयोजना शुरू भएको थियो । रासस

सम्बन्धित सामग्री

वीरगञ्जको मुख्य सडक विस्तार गर्ने मुद्दा हेर्न नभ्याइनेमा

वीरगञ्ज – वीरगञ्जको गण्डकदेखि मितेरीपुल सम्मको सडक विस्तारसम्बन्धी सर्वोच्व अदालतमा परेको रिट बुधबार पनि सुनुवाइ हुन सकेन। त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडक विस्तारसम्बन्धी परेको रिट बुधबार हेर्न नभ्याइने सूचीमा राखिएको छ। सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दा परेको थियो। लक्ष्मण रौनियार, राजकुमारी देवी तुलस्यान र भरत प्रसाद रौनियारको रिट क्रम […]

नेटवर्क खोज्दै सडक र जंगलतिर

‘आफन्तले फोन गर्दा सम्पर्क हुन सकेन मात्रै भन्छ,’ गजाडीका स्थानीय नरबहादुर बुढामगरले भने, ‘हामीले फोन गर्नु परेमा टेलिकमको नेटवर्क खोज्दै सडक तथा जंगलतिर धाउनुपर्छ।’...

सडक पूर्वाधार निर्माण क्षमतामा ह्रास

सडक विभागले वार्षिक १३ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ। त्यसैगरी विभागले चालु आवको तीन महिनामा १३८ किलोमिटर सडकमा ग्राभेल गर्ने लक्ष्य राखेको थियो। लक्ष्य अनुसारको उपलब्धी भने हुन सकेन।...

भालुवाङ–प्युठान सडक अझै खुल्न सकेन

दाङ – पहिरो खसेर दुई दिनदेखि बन्द भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । गएकाे शुक्रवार पहिरो खस्दा बन्द भएकाे सडक नखुल्दा यात्रु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् । भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यस सडक खण्डकाे ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ । सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ...

बुटवल पाल्पा सडक अझै सुचारु हुन सकेन

बिहीबार दिउँसोदेखि अवरुद्ध बुटवल पाल्पा सडक अझै  सुचारु  हुन सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि अवरुद्ध बनेको हो ।अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाउने प्रयास जारी रहे पनि रातिदेखि परेको वर्षाले  काम गर्न समस्या हुँदा बाटो खुलाउन नसकिएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार  सडक अवरुद्ध भएपछि गुल्मीबाट आउने सवारीका साधनहरूलाई अर्घाखाँचीका विभिन्

लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेन : भौतिकमन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्य अनुसारको सडक निर्माण नहुने देखिएको बताएकी छन् । राष्ट्रियसभामा आजको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सबै किसिमका सडक र पुल निर्माण लक्ष्यभन्दा कम निर्माण हुने देखिएको बताइन् ।चालु आवमा एक हजार ८०० किमी सडक निर्माण गर्ने लक्ष्य लिइएकामा ६०० किमी मात्र सम्पन्न भएको मन्त्री यादवले जानकारी दिइन् । ग्राभेल सडक ८०० किमी निमार्

लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेन : मन्त्री यादव

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्यअनुसारको सडक निर्माण नहुने देखिएको बताएका छन् । राष्ट्रियसभामा आजको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सबै किसिमका सडक र पुल निर्माण लक्ष्यभन्दा कम निर्माण हुने देखिएको बताए ।  चालु आवमा एक हजार ८०० किमी सडक निर्माण […]

पाल्पामा पाँच वर्षमा पनि सडक बन्न सकेन

पाल्पा । बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक पाँच वर्ष बितिसक्दा पनि जस्ताको त्यस्तै छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खन्दा र टुक्रे बजेट विनियोजन हुँदा पाँच वर्ष बित्न लाग्दा समेत वैकल्पिक सडक अलपत्र परेको हो । जोखिम युक्त सडकको वैकल्पिक सडक भनिएपनि पर्याप्त अध्ययनबिनानै सडक निर्माण थालिदा स्थानीयले समस्या […]

सडक छेउका फोहोर व्यवस्थापन हुन एक साता लाग्ने

काठमाडौँ । काठमाडौँ उपत्यकाको सडक चोक चोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ । चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहोर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र गत फागुनमा २३ दिन विभिन्न बहानामा फोहोर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहोर रोकिएको हुनाले नियमितरुपमा व्यवस्थापन […]

सडक निर्माणले गति लिन सकेन

२०७५ चैत्र ८ गते  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको गैँडाकोटको पुलचोकदेखि बुटवलसम्मको सडक विस्तारले गति लिन नसक्दा अलपत्र जस्तै बनेको छ ।  सडक निर्माण तथा विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको कामलाई गति दिन नसक्दा अहिले यो सडक अलपत्र जस्तै बनेको हो । ११३ किलोमिटर लामो गैँडाकोट नारायणी नदी पुल देखि बुटवलसम्मको सडक विस्तारका लागि १७ अर्व रुपैयाँमा  चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो ।साढे तिन वर्षमा निर्मा