विराटनगर : सात प्रदेशमध्ये ६ वटा प्रदेशले राजधानी र प्रदेशको नाम पाइसक्दा राजधानी मात्र पाएर अझै नाम नपाएको प्रदेश १ को नामकरणका लागि सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएका छन्। आज (आइतबार ) प्रदेश १ प्रदेशसभा बैठकपछि एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच छलफल भएको थियो।छलफलका क्रममा उनीहरू जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमत भएका हुन्। एमाले सांसद कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लग