विदेशी लगानीसँगै प्रविधि तथा शीप भित्र्याउन आवश्यक : अर्थमन्त्री

काठमाडौं । नेपालमा विदेशी लगानीसँगै नवीनतम प्रविधि तथा शीप समेत भित्र्याउनुपर्नेमा अर्थमन्त्री जनार्दन शर्माले जोड दिएका छन् । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच आइतवार सम्पन्न लगानी सम्बन्धी विस्तृत सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानीसँगै प्रविधि भित्र्याउँदा मुलुकको दिगो विकास र आर्थिक समृद्धिमा थप टेवा पुग्ने दाबी गरे । अहिले विदेशी लगानी ल्याउन केही नीतिगत तथा ऐन र कानूनी रूपमा समस्या देखिएको उनले बताए । यस्तै अर्थमन्त्री शर्माले आयोजनाहरूले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनुपर्ने औंल्याए । योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै उनले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना ल्याइनुपर्ने बताए । जलविद्युत्मा मात्र नभएर पूर्वाधारका क्षेत्रमा समेत बाह्य लगानी भित्र्याउन आवश्यक भएको उनको भनाइ थियो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले महालेखापरीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजू लेख्न थाल्नु दु:खद भएको बताए । नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको उनको भनाइ थियो । अहिले विदेशी लगानी प्रतिबद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषयमा अनुसन्धान आवश्यक भएको उनले बताए । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताए । व्यापार घाटा सात महीनामै १० खर्ब रुपैयाँ नाघेको, तर वैदेशिक सहायता बढ्न नसकेकाले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको उनको भनाइ थियो । अब विदेशी लगानी ठूला उद्योगमा मात्र नभएर साना तथा मझौला उद्योगमा पनि ल्याइनुपर्ने उनले बताए । नेपालमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने, तर लगानी नआउने समस्या धेरै भएको उनले औंल्याए । ‘मुलुकमा ठूलो समस्याको रूपमा शोधनान्तर स्थिति र तरलताको अभाव समस्या छ,’ उनले भने, ‘जुन हिसाबले व्यापार घाटा बढेको छ, त्यसले भोलि ठूलो संकट निम्त्याउन सक्छ ।’ यस्तै वैदेशिक लगानी बढाउने सन्दर्भमा महासंघ कार्यालयमै ‘हेल्प डेस्क’ स्थापना गर्न लागिएको उनले जानकारी दिए । ‘नेपालमा लगानी गर्ने भनेको विदेशी निजीक्षेत्रले नै हो । निजीक्षेत्रको समस्या बुझ्ने पनि निजीक्षेत्रले नै हो,’ उनले भने, ‘सोही कारण महासंघमै हेल्पडेस्क स्थापना गर्न लागेका हौं, विदेशी लगानी सहजीकरणमा यसले ठूलो सहयोग पुग्ने अपेक्षा छ ।’ महासंघकी पूर्वअध्यक्ष तथा लगानी बोर्डका सदस्य भवानी राणाले मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता भएको बताइन् । लगानी प्रवर्द्धन सम्बन्धी समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्ट र महासंघका अध्यक्ष गोल्छाले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

समय सापेक्ष श्रमिकको सीप विकास गराउन आवश्यक : अर्थमन्त्री महत

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारले समयसापेक्ष श्रमिकहरूको सीप विकास गराउन आवश्यक रहेको बताएका छन्।बिहीवार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले पछिल्लो समय नयाँ–नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्नसक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताए।उनले नयाँ प्रविधिअनुसार श्रमिकहरूको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता

अर्थतन्त्रलाई सुधार गर्न सबै सरोकारवाला निकायको साथ आवश्यक: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ । शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतीको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक […]

बिमाको पहुँच दुर्गम क्षेत्रमा पुर्‍याउन आवश्यक : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिमाको पहुँच दुर्गम क्षेत्रमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । बिहीबार सुर्खेतमा बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्ने क्रममा अर्थमन्त्री शर्माले दूरदराजसम्म बिमाको साक्षरतासँगै पहुँच पुर्‍याउन...

बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आवश्यक छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा पु¥याउन आवश्यक रहेको बताएका छन् । बिहीबार कर्णाली प्रदेशस्थित सुर्खेतमा बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन आवश्यक रहेको बताउँदै सोही अनुसार क्षेत्र विस्तारमा लाग्न बीमा समितिलाई निर्देशन दिए । कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेको भन्दै उनले बीमाको  सेवा विस्तार गर्न आग्रह गरेका छन् । नयाँ विधेयकमा सरकारले  बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बीमा

बेरुजुमा अपनाएका विधि तथा पद्धतिमा अध्ययन गर्न आवश्यक: अर्थमन्त्री शर्मा

बुधबार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन्।...

लेखापरीक्षणको विधि–पद्धतिमा समीक्षा आवश्यक छः अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। बुधबार महालेखापरीक्षक कार्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन्। उनले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटी भएर […]

बेरुजुबारे सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।  बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन् ।उनले लेखापरीक्षण गर्ने सरकारको विधि,पद्धतिमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए ।  अर्थमन्त्री शर्माले  लेखापरीक्षकमार्फत सार्वज

एडीबीसँग सघन साझेदारी आवश्यक छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन एसियाली विकास बैंक (एडीबी) सँग सघन साझेदारी आवश्यक भएकोमा जोड दिएका छन् । एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग शुक्रवार भएको ‘भुर्चुअल’ छलफलमा उनले साझेदारीको कुरामा जोड दिए । नेपालका उत्पादन नगण्य मात्रामा मात्र निर्यात भइरहेको बताउँदै अर्थमन्त्री शर्माले यसलाई बढाउन एडीबीसँग सहकार्य अपरिहार्य भएको उल्लेख गरे । ‘नेपालको निकासी न्यून छ, उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तु निकासी गरी विश्व बजारमा पुर्&zw...

विकास निर्माणलाई अगाडि बढाउन छुट्टै कानुन आवश्यक छः अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणलाई अगाडि बढाउन छुट्टै कानुन आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण कार्यक्रममा अर्थमन्त्री शर्माले विकास निर्माणलाई सहज ढंगले अघि बढाउन छुट्टै कानुन आवश्यक रहेको बताएका हुन्। उनले पछिल्लो समय विकास निर्माणका लागि छुट्टै कानुन नभएकाले अहिले रहेको कानुनी व्यवस्थाअनुसार स–साना […]

अर्थविद्को विज्ञता सरकारलाई आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको बताएका छन् ।नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको संयन्त्र आवश्यक भएको बताए । आफूले यस विषयमा योजना बनाइरहेको उनले बताए । […]