काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारले समयसापेक्ष श्रमिकहरूको सीप विकास गराउन आवश्यक रहेको बताएका छन्।बिहीवार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले पछिल्लो समय नयाँ–नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्नसक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताए।उनले नयाँ प्रविधिअनुसार श्रमिकहरूको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता