नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरूले लुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले ओलम्पिक टर्च र्यालीका संयोजक उमेश मास्केलाई शान्ति दीपबाट टर्च बालेर हस्तान्तरण गरेका हुन । मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोलीले शान्ति दीपबाट टर्च लिएर शुक्रबार पोखरा पुग्नेछ । खेलाडीहरूले बिहीबार बिहान शान्ति दीपबाट टर्च लिएर लुम्बिनी मायाद